back
NMB ad

पेट्रोलको लागि अब लाईनमा बस्नु नपर्ने

Kumari bank ad

काठमाण्डौं । नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदाथको वितरणलाई प्रभावकारी बनाउने भएको छ । इन्धन आपूर्ति बढे पनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढिरहेका बेला निगमले सामान्य अवस्थामा जस्तै वितरणलाई प्रभावकारी बनाउने भएको हो।

एक दुई दिनभित्रै आपूर्ति पूर्णरुपमा सहज बनाइ उपभोक्तालाई लाइन बस्न नपर्ने गरी प्रट्रोलियम पदार्थ वितरण गरिने विभागका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए। गत शुक्रबार यता ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ। शुक्रबार तीन लाख ६० हजार लिटर पेट्रोल र चार लाख ८० हजार लिटर डिजेल भित्रिएको छ। आइतबार पाँच लाख ९३ हजार लिटर पेट्रोल र पाँच लाख दुई हजार लिटर डिजेल आपूर्ति भएको र आज पनि सोही परिमाणमा आपूर्ति हुने घिमिरेको भनाइ छ।

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोलियम पदार्थको माग हुँदै आएको छ। शुक्रबार मात्र रक्सौल नाकाबाट दुई हजार किलोग्राम पेट्रोलियम पदार्थ लोड भएको र आज साँझसम्म थप आपूर्ति हुने निगमले जनाएको छ। निगमले पेट्रोलियम पदार्थको आपूर्ति बढेको बताए पनि बजारमा उपभोक्ताले सहज रुपमा इन्धन पाउन भने सकेका छैनन्। रासस

३ फागुन, २०७२, ३.००

वि.सं.२०७२ फागुन ३ सोमवार १५:२५ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....