back
NMB ad

पेट्रोल वितरण सहज नभए आयल निगमलाई अख्तियारले कारवाही गर्ने

Kumari bank ad

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको वितरण सहज नभए नेपाल आयल निगमका उच्च कर्मचारीलार्इ कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले आइतबार निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द्रप्रसाद घिमिरेलाई बोलाएर इन्धन वितरण पारदर्शी नभएको, उपभोक्ता लाइनमा बस्नु परेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो। पटक–पटक इन्धन वितरण पारदर्शी बनाउन र उपभोक्तालाई सहजरुपमा पाउने अवस्था सिर्जना गर्न भने पनि निगमले ध्यान नदिएको भन्दै थप सचेत गराउँदै समस्या समाधान नभए उच्च अधिकारीलाई नै कारबाहीको दायरमा ल्याउने बताएको हो।

भारतको अघोषित नाकाबन्दी खुलिसकेको, प्रमुख भन्सार नाका वीरगन्जसमेत सहज भइसकेको अवस्थामा पनि पेट्रोलपम्पका अगाडि लामा–लामा लाइन हुनु जायज नभएको, त्यसमा निगम प्रशासनको लापरबाही देखिएको भन्दै आयोगले सचेत गराएको र समस्या समाधान नभए कारबाहीको दायरमा ल्याउने चेतावनीसमेत दिएको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए।

निगमले इन्धन वितरणका लागि काठमाडौँ उपत्यकामा पेट्रोल पम्पलाई इन्धन वितरण गरे पनि उपलब्ध गराएको परिमाणअनुसार वितरण नभएको, पेट्रोल र डिजेलमा समेत कालोबजारी कायम रहेको, खाना पकाउने ग्यास सहज हुन नसकेको, खाना पकाउन प्रयोग हुने मट्टीतेलको सहज आपूर्ति हुन नसक्नुको कारण के हो भन्दै प्रमुख खड्का र निर्देशक घिमिरेसँग जानकारी लिइएको थियो।

हाल वीरगन्ज नाकाबाट कूल मागको ७० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ आयात भइरहेको छ। अन्य भन्सार नाकाबाट पनि मागअनुसारकै इन्धन आयात भइरहेको छ। वीरगन्ज बाहेक अन्य नाका सामान्य अवस्थामा रहेपनि पेट्रोलपम्प अगाडि हजारौँ सवारी साधनको लाइन कायम रहेको छ । निगमका प्रमुख खड्काले हाल काठमाडौँ उपत्यकामा पाँच लाख ५० हजार लिटर पेट्रोल र सोही परिमाणमा डिजेलसमेत वितरण गरिएको जानकारी दिए। सामान्य अवस्थामा उक्त परिमाण बढी नै भएपनि असहज अवस्थापछिका लागि भने पुग्दो हुन सकेको छैन।
वीरगन्ज नाकाबाट सामान्य अवस्थामा २६ लाख लिटर इन्धन आयात हुने गरेकोमा हाल २० लाख लिटर मात्रै आयात भइरहेको छ। कूल आयातको ७० प्रतिशत बढी आयात हुने सो नाका सामान्य भएपनि इन्डियन आयल कर्पोरेसनले मागअनुसार इन्धन नदिएको निगमको दावी छ। यस्तै सामान्य अवस्थामा ६० बुलेट खाना पकाउने ग्यास आयात हुने गरेको नाका खुलिसकेपछि पनि हाल दैनिक ४० बुलेट मात्रै ग्यास आयात भइरहेको छ।

सिलिण्डरको अभावमा उद्योगमा आइपुगेका बुलेटसमेत खन्याउन सकिएको छैन भने बढी मूल्य लिएर बिक्री वितरण गर्ने गुनासो आइरहेको भन्दै त्यसलाई सामान्यकीकरण गर्ने प्रयास भइरहेको खड्काको भनाइ छ। खाना पकाउने ग्यास सहज हुन नसक्नुको पछाडि ग्यास उद्योगीको पनि केही कमजोरी रहेको र समस्या तत्काल समाधान गर्न भनेको उनले बताए।

भारतमा भन्दा नेपालमा इन्धन सस्तो
निगमका प्रवक्तासमेत रहेका घिमिरेले रक्सौलमा भन्दा वीरगन्जमा इन्धनको मूल्य सस्तो भएका कारण पनि गैरकानुनीरुपमा कारोबार भइरहेको सूचना निगममा आएको जानकारी दिए। पेट्रोल रक्सौलामा भन्दा वीरगन्जमा रु ४.५६ पैसा र डिजेल ३.२३ पैसा सस्तो रहेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार आफूहरु अझै पनि मूल्य समायोजन गर्न तयार रहेको उनको भनाइ छ।

हवाई इन्धनको मूल्य समायोजन पछि बजार सहज भएको बताउँदै उहाँले पेट्रोल, डिजेल र मट्टीतेलको पनि मूल्य समायोजन गर्ने तयारी गरिएको छ। आइओसीले हरेक महिनाको एक गते र १५ गते पठाउने मूल्यसूचीका आधारमा नेपालको बजार मूल्य निर्धारण हुने प्रवक्ता घिमिरेले बताए।

वितरण प्रणाली सुधार गर्छौँ
निगका प्रमुख खड्का र निर्देशक घिमिरेले आयोगलाई वितरण प्रणाली सुधार गर्ने प्रतिवद्धता जनाएका छन्। सामान्य अवस्थामा जस्तै पेट्रोल बिक्री गर्ने पम्पलाई पेट्रोल र डिजेल बेच्ने पम्पलाई डिजेल वितरण गर्ने निगमको तयारी । यस्तै कारबाहीमा परेका पम्प बाहेक अरुलाई मागअनुसार नै इन्धन दिने प्रतिवद्धता समेत निगमले आयोग समक्ष जनाएको छ। काठमाडौँ उपत्यकामा हाल एक हजार ३०० किलोलिटर पेट्रोल, चार हजार २०० किलोलिटर डिजेल, २९० किलोलिटर मट्टीतेल र तीन हजार ७०० किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ। रासस

९ फागुन २०७२, ५.००

वि.सं.२०७२ फागुन ९ आइतवार १७:०३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...