back
NMB ad

किसानलाई फोनबाटै रोग र मौसमको जानकारी

Kumari bank ad

धनकुटा । धनकुटाका किसानले फोनबाटै पशुपंक्षि र बालीमा लागेको रोग निदान गर्ने उपाय र मौसम अनुसारको खेती प्रविधिको विषयमा जानकारी पाउने भएका छन् । मोबाइल एपको मद्दतले म्यासेज र इन्टरनेटमार्फत कृषि र पशु विज्ञबाट ती सुविधा पाउने भएका हुन् ।

कृषि बाली र पशुमा लागेको रोगको विषयमा किसानले आफूलाई परेको समस्या समाधानका लागि सिधै मन्त्रालयमा राख्न सक्ने र पानी मापन यन्त्रको सहयोगले मौसमको बारेमा जानकारी लिन सक्नेछन् । यसका साथै कृषि सम्बन्धी सूचना आदानप्रदान गरी कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि प्राविधिकहरुको सहयोग हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख भरत बिडारीले बताउनुभयो ।

विश्व बैंकको आर्थिक सहयोगमा कृषि मन्त्रालयले धनकुटाका ४३ अगुवा कृषक समूहलाई सूचना आदनप्रदान गर्नको लागि मोबाइल वितरण गरेर समस्या आदनप्रदान सुरु गरेको हो । मन्त्रालयले १४ लाख १९ हजार मूल्य बराबरको ४३ वटा एनड्रोइड मोबाइल र ४३ वटा बर्षात्को पानी नाप्ने यन्त्र रेनगेज उपकरण बितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका २६ वटा र पशु विकास कार्यालयका १७ वटा कृषक समूहलाई यी समाग्री वितरण गरेको हो ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १४:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...