back
NMB ad

विमानस्थल कालोपत्रे गर्न थालियो, उडान रोकियो

Kumari bank ad

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा कालोपत्रेका काम थालिएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणको ९ करोड २५ लाख २९ हजार लागतमा ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले कालोपत्रेका प्रारम्भिक चरणका काम सुरु गरेको हो ।

कालोपत्रेका काम सुरु गरिएसँगै थामखर्कमा चैत्र १३ गतेदेखि उडान रोकिएको छ । हाल विमानस्थलमा कालोपत्रेका लागि रन–वेमा ग्राभेलिङका काम भइरहेको थामखर्क बिमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताए ।

दशैं तिहारमा आवत जावत गर्ने यात्रुको सहजतालाई मध्यनजर गर्दै आउँदो दशैँसम्ममा ग्राभेलिङका काम पूरा गर्नेगरी काम भइरहेको छ । ग्राभेलिङका काम सकिएपछि दशैंतिहारको आसपासमा उडान गरेर माघदेखि धानवमार्गमा कालोपत्रे राख्न सुरु गरिने ठेकेदार कम्पनीले बताएको छ । २०७२ सालमा डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि आर्थिक वर्ष २०७२÷०७३ मा साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको थियो ।

दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्ष्यीत गरेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा याम लागेसँगै अवरुद्ध हुने गरेको छ । थामखर्क बिमानस्थल दुई वर्षमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले जिम्मा लिएका हुन् । रौता कन्ट्रक्सनले कालोपत्रेका काम ठेकेदार महेश रेग्मीको जिम्मामा छाडेको छ ।

थामखर्क बिमानस्थलबाट जिल्लाका दक्षिणी क्षेत्रका २० गाविस सहित छिमेकी जिल्ला भोजपुरका केही गाबिसका सर्वसाधरण समेत लाभान्बित हुँदैआएको छ । सडक यातायातको सुविधा नपुगेको त्यसक्षेत्रमा थामखर्क बिमानस्थल एक मात्र यातायातको बिकल्पकारुपमा रहेको छ । बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

थामखर्कमा उडान नहुँदा त्यसक्षेत्रका सर्वसाधारण दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल प्रयोग गर्न बाध्य छन् । जिल्लामा थामखर्क सहित खानीडाँडा र लामीडाँडा विमानस्थल छन् ।

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १७:१७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...