back
NMB ad

योजना अनुगमन, मूल्यांकनमै करोड झ्वाम

Kumari bank ad

काठमाडौं । मोरङमा एक सामाजिक परिचालकले ५४ थान रेनकोट खरिद गरेको विवरण पेस गरेर जिल्ला विकास समितिबाट एक लाख ६१ हजार रुपैयाँ भुक्तानी लिएको भेटियो। छानविन हुँदा रेनकोट र झोलाको बिल भेटिएन। ती समाजिक परिचालकले अन्य खुद्रे योजनाका लागि ७ लाख पेस्की पाएका थिए ।

मोरङ जिविसले मात्रै नागरिक सचेतना केन्द्रका लागि एक करोड चार लाख रुपैयाँ बाँडेको थियो। उक्त बजेटबाट सञ्चालित योजनाको अनुगमन, मूल्यांकन, सामाजिक परीक्षणलगायत कुनै पनि काम भएको थिएन ।

अर्घाखाँचीमा पनि यस्तै उदाहरण भेटिएको छ । जहाँ जिविसले ३५ संस्थालाई ३० हजार रुपैयाँका दरले १० लाख ५० हजार रुपैयाँ बाँड्यो। सेवा प्रदायक संस्थको नाममा थप एक लाख ३५ हजार रुपैयाँ निकासा भयो। जिल्लाभर नै छरिएको १२ लाख रुपैयाँ खर्चको हिसाबकिताब जिविसमा छैन ।

बारामा ३४ नागरिक सचेतना केन्द्रले आफैं योजना छनोट गरेर एक करोड ७ लाख रुपैयाँ निकासा लिए। तर कुनैले पनि खर्चको विवरण जिविसमा पठाउन सकेनन् । त्यतिमात्रै हैन, सामुदायिक मेलमिलापका तालिम नाममा प्रतिसेसन दुई लाखका दरले रकम खर्च गरेको समेत भेटियो । ‘स्थानीय निकायमा दलीय हस्तक्षेप नियन्त्रण गर्न भनी जन्माइएका नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मञ्च नै खुद्रे अनियमितताका क्रियाकलापमा सक्रिय हुन थालेका छन्,’ स्थानीय विकास मन्त्रालय स्रोतले भन्यो, ‘दाताको सहयोगमा सञ्चालित कार्यक्रममा यस्तो अनियमितता र भद्रगोल अन्यत्र सायदै होला ।’कान्तिपुरमा समाचार छ ।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार ११:०० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...