back
NMB ad

चेम्बर पदाधिकारी र प्रधानमन्त्री भेट, निर्यात अभिवृद्धि गर्न १० प्रतिशत अनुदान माग

Kumari bank ad

काठमाडौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ । सो अवसरमा प्रतिनिधिमण्डलले मुलुकको पछिल्लो आर्थिक गतिविधि, औधोगिक/व्यापारिक लगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गरायो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पूर्वाधार तथा जलश्रोतको विकासलाई प्राथमिकतामा राख्न अनुरोध गरे । उनले तत्काल १५ सय मेगावाट विद्युत् उत्पादन आवश्यक रहेको बताउंदै मुलुकको निर्यात व्यापार प्रवद्र्धनको लागि अल्पकालिन, मध्यकालिन र नीति बनाएर जानु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले छिमेकी देश चीन र भारतले निर्यात व्यापार प्रोत्साहनमा दिएको सुविधा जस्तै गरि नेपाली बस्तुहरुको निर्यात अभिवृद्धि गर्न दश प्रतिशत अनुदानको व्यवस्था हुनुपर्ने बताए ।

आर्थिक क्षेत्रसंग सम्बन्धित ऐन कानूनहरु संसदमै रोकिंदा आर्थिक विकास अवरुद्ध भएको बताउंदै उनले समय सापेक्ष ऐन कानूनहरुको निर्माण गरेर आर्थिक मार्ग प्रशस्त गर्नुपर्ने जोड दिएका थिए ।

प्रतिनिधिमण्डलले छिमेकी राष्ट्र भारतले बस्तु र सेवा सम्बन्धी कर “जि.एस.टि”लागू गर्न गईरहेको सन्दर्भका नेपालको आर्थिक क्षेत्रमा पर्ने प्रभावका सम्वन्धमा गहन अध्ययन हुनु पर्ने बताउंदै कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, भन्सार दरवन्दी र मूल्य अभिवृद्धि करलाई समय सापेक्ष घटाईनु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय लगानीकर्ताहरु नेपालमा लगानी बढाउन उत्सुक रहेको भन्दै उनीहरुले अविलम्व लगानी मैत्री वातावरण निर्माण गर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । नाकाहरुमा पुर्वाधार विकास, भन्सार प्रशाशन सुधार, विमानस्थलको स्तरोन्नती तथा क्षमता विस्तार गर्न समेत उनीहरुले प्रधानमन्त्रीलाई सुझाए ।

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले विगतमा जस्तै सरकारले खुला तथा उदार अर्थतन्त्रको नीति लिएकाले निजी क्षेत्रलाई आर्थिक विकासमा ध्यान केन्द्रित गर्न अनुरोध गरे । साथै निजी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार संधै तयार रहेको उनले बताए । नीजि क्षेत्रको विकास विना आर्थिक विकासले गतिलिन नसक्ने उनको भनाई थियो ।

भेटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे लगायत कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:२०७३ साउन ३१ गते

वि.सं.२०७३ साउन ३१ सोमवार १४:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...