काठमाडौँ । नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।
शेरबहादुरको बिरुद्धमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले उम्मेदवारी दिने चर्चा चलेको छ । प्रधानमन्त्रीको चुनावकै विषयलाई लिएर नेकपा एमालेले शानिबार दिउँसो १ बजे संसदिय दलको कार्यलय सिंहदरवारमा स्थायी समितिको बैठक डाकेको छ । सोही बैठकले उम्मेदवारी दिने नदिने टुंगो लाग्ने नेकपा एमाले स्थायी समितिका आमन्त्रित सदस्य एवं केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेलले जानकारी दिए । पार्टीले निर्णय गरे बामदेवले उम्मेदवारी दिने तयारीमा रहेको बामदेव निकट स्रोतले जानकारी दियो । उम्मेदवारी दिने या विपक्षमा मतदान गर्ने भन्ने निर्णय बैठकबाटै हुने कँडेलको भनाई छ ।
२० जेठ २०७४
वि.सं.२०७४ जेठ २० शनिवार १२:२९ मा प्रकाशित