back
NMB ad

मुलुकको हितका लागि सहमतिको सरकार आवश्यक – प्रधानमन्त्री

Kumari bank ad

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताउनुुभयो ।

उहाँको भनाइ थियो – “सहमतिका लागि प्रतिपक्षमा रहेका सबै दलहरुसँग विचार विमर्श थालिएको छ । छलफल भइरहेको छ । अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ ।”

उहाँले अगाडि भन्नुभयो – “संविधान कार्यान्वयनका लागि पनि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ, राष्ट्रिय सहमतिको सरकार भयो भने संविधानको कार्यान्वयन अभैm सहजताका साथ अघि बढछ, त्यसका लागि पनि हामीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि जोड दिएका हौं ।”

उहाँले सरकारको विरोध प्रतिपक्षबाट हुनु लोकतान्त्रिक प्रक्रियाको एउटा कडी भएको स्पष्ट पार्दै भन्नुभयो – “तर, विरोध रचनात्मक हुनुपर्छ, सरकारको कामको गुण दोषका आधारमा हुनुपर्छ, विरोधका लागि मात्र विरोध हुनुहँुदैन ।”
प्रकाशितः २०७३ जेठ २५

वि.सं.२०७३ जेठ २५ मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...