back
NMB ad

तपाईले गर्नुभएको लगानीमा हुनसक्ने घाटा कम गर्न के गर्ने त ? पढ्नुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने,काठमाडौ । तपाईले कुनैपनि क्षेत्रमा गर्नुभएको लगानीले नाफा दिन्छ भन्ने प्रमुख उद्धेश्य राखिएको हुन्छ । जो कसैले पनि लगानी गर्नुको प्रमुख उद्धेश्य भनेको भविष्यमा नाफा आर्जन गर्नु नै हो । तर बुझ्नुहोस्, लगानीबाट संधै नाफा नै हुन्छ भनेर भन्न सकिन्न । संधै नाफा नै हुनेभए शायद यो संसारमा घाटा भन्ने शब्द नै बन्दैनथ्यो होला ।

हो यस्तै भविष्यमा हुनसक्ने अनिश्चितताका विषयमा समयमै विचार नपुर्याउँदा धेरै मानिसहरु जोखिममा परिरहेका छन् । भविष्यमा धेरै कमाउँछु भनेर गरेको लगानी नै गुमाउनुपरेको पनि छ । त्यसैले भविष्यमा हुनसक्ने नोक्सानी वा जोखिमलाई कम गर्न लगानीकर्ता समयमै सजग हुनुपर्दछ ।

त्यसो भए लगानीमा हुनसक्ने जोखिम कम गर्न के गर्ने त ?

अब यो कुरा बुझ्नुहोस् कि,लगानीमा हुने जोखिम कम गर्न अपनाईने एउटा उपयुक्त उपाय भनेको लगानीयोग्य पुँजीलाई विभिन्न विकल्पमा बाँडेर लगानी गर्नुपर्छ । यसलाई लगानीमा बिबिधिकरण गर्नु वा पोर्टफोलियो तयार पारेर लगानी गर्नु भन्ने बुझिन्छ । यसैले यो बुझ्नुहोस् कि तपाईसँग भएको पूँजीलाई दुई वा दुईभन्दा बढी कम्पनीको सेयर वा ऋणपत्रमा लगानी गर्नुपर्दछ । किन यसो गर्ने त ? यस प्रश्नको उत्तर सहज छ, बजारमा एउटा कम्पनीको सेयर मूल्य घटिरहेको अवस्थामा अर्काे कम्पनीको सेयर मूल्य बढिरहेको हुनसक्छ । यस्तो अपस्थामा मूल्य घटेको कम्पनीको सेयरबाट भएको नोक्सानीलाई मूल्य बढेको सेयरको नाफाबाट कम गर्न सकिन्छ । यसैगरी सेयर र ऋणपत्र दुवैमा लगानी गरिएको छ भने सेयरमा नोक्सानी हुनगएपनि ऋणपत्रबाट आउने ब्याजले उक्त नोक्सानीलाई कम गर्न सकिन्छ । त्यसैले लगानीको बिबिधिकरण वा पोर्टफोलियो गर्नुको मुख्य उद्धेश्य भनेको भविष्यमा लगानीमा हुनसक्ने जोखिम वा नोक्सानीलाई कम गर्नु हो ।

यदि एउटै सेयर वा ऋणपत्रमा लगानी गरिएमा उक्त सेयर वा ऋणपत्रको मूल्य घट्दै गयो वा कम्पनी बिघटनमा गयो भने लगानीकर्तालाई धेरै नोक्सान हुनजान्छ । अतः यस्तो नोक्सानीलाई कम गर्न दुई वा दुईभन्दा बढी कम्पनीको सेयर वा ऋणपत्रमा लगानी गर्नु लाभकर मानिन्छ ।

हालको नेपाली बजारको कुरा गर्ने हो भने विभिन्न कम्पनीहरुले यही पोर्टफोलियो व्यवस्थापन गरेर विभिन्न कम्पनीहरुले एउटै क्षेत्रमा मात्र लगानी नगरी विभिन्न क्षेत्रमा लगानीको बिबिधिकरण गरेका हुन्छन् । जस्तो बैंकले ऋण लगानी गर्दा घरजग्गा,सवारी साधन,शिक्षा,पर्यटन,जलबिद्युत,उद्योग,कलकारखाना लगायत  विभिन्न क्षेत्रमा बाँडेर लगानी गरेका हुन्छन् । त्यसैगरी ठूल्ठूला व्यवसायीक घरानाहरुले पनि लगानीलाई बिबिधिकरण गराई उत्पादनमूलक,स्वास्थ्य,बैंक तथा वित्त,बिमा आदिमा लगानी गरेका हुन्छन् । जसले कुनै एक क्षेत्रको लगानीमा नोक्सान भइहालेपनि अर्काे क्षेत्रको नाफाबाट त्यो नोक्सानीलाई कम गरिरहेका हुन्छन् ।

यसलाई यहाँ एउटा उदाहरणबाट बुझ्ने कोशिस गरौं । तपाई आफ्नो घरपरिवारसँग रमाउने योजना बुनेर कुनै प्रसिद्ध ठाउँको भ्रमणमा निस्कनुभयो वा सिनेमा हेर्न निस्कनुभयो या अन्य कुनै ठाउँ । घरबाट निस्कनेक्रममा तपाईसँग भएको सबै पैसा आफ्नो खल्तीमा भएको पर्समा राख्नुभयो । तपाई आफ्नो घुम्ने गन्तव्य वा सिनेमा हल पुग्नुभयो । तर दूर्भाग्य भनौं तपाईको पर्स बीच बाटोमै हरायो वा कसैले चोरी गरिदिएछ भने तपाईका सबै सपना चकनाचुर हुन्छन् । तपाई परिवारसँग घुम्ने वा सिनेमा हेर्नबाट बञ्चित बन्नुहुनेछ । यतिसम्म कि तपाईलाई घर फर्किने भाडापनि नहुनसक्छ । सबै नोक्सानी हुनजान्छ ।  तर तपाईले आफूसँग भएको पैसा पर्समा मात्र नराखी अरु खल्तीमा बाँडेर राखेको भए वा केहि पैसा परिवारका अरु सदस्यलाई पनि राख्न दिएको भए पर्स हराईहाले वा चोरी भईहाले पनि अन्य खल्तीको पैसाले घर फर्कन सकिन्थ्यो । नोक्सानी पनि कम हुनजान्थ्यो ।

त्यसैले भविष्यमा हुनसक्ने नोक्सानी कम गर्न तपाईले लगानी गर्दा सेयर र ऋणपत्र दुवैमा लगानी गर्नुपर्छ अथवा लगानीको बिबिधिकरण गर्नुपर्छ । सेयरको मूल्य घट्दै गएमा त्यसबाट हुने नोक्सानीलाई ऋणपत्रबाट प्राप्त हुने ब्याजले केहि हदसम्म भएपनि कम गर्न सकिन्छ । समग्र सेयर बजार नै घटिरहेको भएपनि बच्न सकिन्छ । अर्काेकुरा विभिन्न अनिश्तिताबाट बच्न र हुनसक्ने जोखिमलाई घटाउन लगानीकर्ताले दुई वा दुईभन्दा बढी कम्पनीको सेयरमा लगानी गर्नु लाभकर हुन्छ,ताकि कुनै एकबाट नोक्सानी भएपनि अर्काेको नाफाबाट त्यो नोक्सानीलाई कम गर्न सकियोस् ।

प्रकाशित मितिः २०७४ भदौ १६

वि.सं.२०७४ भदौ १६ शुक्रवार ०५:४७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...