काठमाडौ । पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ भर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो एफपीओमा आवेदन दिन सकिनेछ ।
फाइनान्सले साउन २५ गतेदेखि फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँको दरले एफपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट हो ।
लगानीकर्ताले आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।
प्रकाशित मितिः २०७४ भदौ १
वि.सं.२०७४ भदौ १ बिहीवार १२:५८ मा प्रकाशित