back
NMB ad

पोखरा स्वास्थ्य प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्ने

Kumari bank ad

काठमाडौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी कार्य प्रारम्भ गर्नको लागि सैद्धान्तिक सहमति लिएको छ । प्रतिष्ठानको आज सम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सञ्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो ।

बैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीतिअनुसार यसको स्थापना भएको बताए । उनले प्रतिष्ठानको उद्देश्यअनुसार जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पु¥याउन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्न निर्देशन दिए ।

मुलुक संघीयतामा गइसकेपछि हरेक प्रदेशमा सरकारीस्तरमा मेडिकल कलेज स्थापना गर्ने नीतिअनुरुप पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई २०७२ माघ १२ गते ऐनअनुसार प्रतिष्ठानका रुपमा अघि बढाइएको हो । स्व. मेजर वीरसिंह गुरुङले २०१३ सालमा केही दाताको सहयोगमा प्रथम र द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका र हराएका नेपाली सिपाइको सम्झनामा यस अस्पतालको स्थापना गरेका हुन् ।

विसं २०१९ मा सरकारलाई हस्तान्तरण भएको यो अस्पताल हाल ५०० श्यायासहित सञ्चालनमा भइरहेको पश्चिमाञ्चल क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल हो । बैठकमा प्रतिष्ठानका सहकूलपति रहनुभएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानले मौलिक अधिकारका रुपमा व्यवस्था गरेको स्वास्थ्य सेवालाई गुणस्तरीय र सहज पहुँच योग्य बनाउन निर्देशन दिए ।

मन्त्री पोखरेलले प्रतिष्ठानको दीर्घकालीन गुरुयोजना बनाई अघि बढाउनुपर्ने बताउँदै प्रतिष्ठानले दुरदराजका जनतालाई समेत प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।

बैठकले प्रस्तावमा आवश्यक गृहकार्य गरी पारित गर्न उपकुलपति प्राडा बुिद्धबहादुर थापाको संयोजकत्वमा प्रतिष्ठानका डिन डा नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा अर्जुन आचार्य सदस्य रहेको कार्यदल गठन गरेको छ । कुलपति प्राडा थापाले प्रतिष्ठानको स्थापना, हाल गर्दै आएका कार्यप्रगति र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ असोज २७ शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...