back
NMB ad

पोखरामा ‘वाक इन डार्क’ भन्दै सेतो छडीटेकेर सडकमा निस्किएका यी को हुन् ? (हेर्नुहोस फोटो)

Kumari bank ad

पोखरा । विश्व व्रेल दिवस तथा २०८ औ लुईव्रेल जयन्तिका अवसरमा पोखरामा नेपालमै पहिलो पटक अधेरोमा यात्रा अर्थात् वाक इन डार्क कार्यक्रम आयोजना गरीयो ।

सामाजिक जगरणका लागि नारी अभियान कास्कीले कास्की नेत्रहिन संघ सँग सहकार्य गरी उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्षेत्रिय प्रशासक देखी सरकारकी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु, राजनितिकदल, मानवअधीकारकर्मी, आध्यात्मिक तथा धार्मीक संघसंस्थाका प्रतिनिधी समाजसेवी, वकील, प्रहरी, पत्रकार, डाक्टर, इञ्जिनियर, क्लव, उद्यमी लगायत विभिन्न संघसंस्थाको प्रतिनीधिहरु आखामा पट्टी वानेर सेतोछडीको सहायताले यात्रा गरेका थिए । पोखराको मानवअधिकारचोकदेखि हिँडिएको यात्रा विपिचोक चिप्लेढुङ्गाको परिक्रमा गरी मानवअधीकारचोकमापुगेर सम्मान तथा अनुभव आदानप्रदान सभामा परिणत भएको थियो ।

कार्यक्रममा कास्की जिल्लावाट पहीलो एस्एल्सी पास भई आत्मनिर्वर वन्दै आएकी विष्णुमाया विकलाई नगद पाँच हजार रुपियाँसहित सम्मानपत्र, दोसल्लाद्वारा सम्मान गरीएको थियो । क्षेत्रिय प्रशासक खगराज वराल र सामाजिक जागरणका लागि नारी अभियानका संयोजक सुष्मा पौडेलले सम्मान गरेका थिए ।

pokhara walk in dark photo 1
कार्यक्रममा वोल्दै क्षेत्रिय प्रशासक वरालले समाजिक जागरणले दृष्टीविहिनहरुका लागि सरकारले गर्नुपर्ने कार्यक्रम गरेको भन्दै यस्तो कार्यक्रमले दृष्टीविहनीहरुमाथी हेर्ने दृष्टीकोणलाई परिवर्तन गर्ने र सम्वन्धित क्षेत्रमा समेत दभाव पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुष्मा पौडेलले कार्यक्रममा सहभागी हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै अपाङ्गहरुलाई दयाको पात्र नवनाई अवसर प्रदान गर्नुपर्ने भन्दै कार्यक्रमवाट वचत भएको
६३ हजार अक्षयकोषका लागि हस्तान्तरण गरेकी थिइन् ।

pokhara walk in dark photo 2
कार्यक्रमका अभियन्ता अधीकारकर्मी माधव पहारीले कार्र्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै यस्तो खालको कार्यक्रम विश्वमै पहीलोपटक आयोजना गरीएको वताइन् ।

कार्यक्रममा नेत्रहिनसंघ नेपालका केन्द्रीय सदस्य शिशिर खनालले अपाङगता भएका व्यक्तिहरुको समस्याका वारेमा सवल व्यक्तिहरुले आवाज उठाएर सहयोग स्वरुप अनुभव मुखी कार्यक्रम पहीलो भएको भन्दैयस्ता कार्यक्रमले सम्वन्धीत संघसंस्थालाई समेत दवाव पुगेको वताए ।

कार्यक्रममा पत्रकार दिप्न्द्र श्रेष्ठ, इञ्जिनियर राजेन्द्र लिगल, महिला उद्यमी लक्ष्मी वराल, पार्वती कार्की लगायतले कार्यक्रम नौलो, उपलव्धीपुर्ण र सृजनात्मक रहेको वताए ।

कार्यक्रममा श्रीकान्त सापकोटाले व्रेल लिपी र लुईव्रेलको वारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संघका अध्यक्षलक्ष्मण सुवेदीले गरेका थिए ।

२० पुस २०७३

वि.सं.२०७३ पुस २० बुधवार १९:५४ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....