पोखरा । यहाँको लेकसाइडमा रहेको होटल स्नोल्याण्ड प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा स्वदेशी पाहुनाहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ। २ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नो ल्याण्डका गणेशबहादुर थापाले जानकारी दिए।
यसका साथै एयरपोर्ट वा वस स्टेशनबाट लेराउने छोड्ने सुविधा, विहानको नास्ता, सराङकोट, विन्दवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरा गुफा, गोर्खा म्युजियम, सेति खोच, पुरानो पोखरा वजार, महेन्द्रपुल वजार घुमाइनुका साथै ताल वराही मन्दिर, कोमागने पार्क, रक गार्डेन, केदारेश्वर मन्दि,र वौद्ध शान्ति स्तुपा, डेभिड फल, गुप्तेश्वर गुफा, फेवा ताल घुमाउने पनि उक्त प्याकेजमा रहेकोछ ।
१५ पुस २०७३, १।००
वि.सं.२०७३ पुस १५ शुक्रवार १३:१८ मा प्रकाशित