back
NMB ad

श्रमशोषण गर्दै पोखराका अधिकांश पर्यटन व्यवसायी

Kumari bank ad

पोखरा । पोखराका अधिकांश पर्यटन व्यवसायीले श्रमिकमाथि शोषण गर्ने गरेको खुल्न आएको छ । श्रमिकका समस्या बुझ्दै पर्यटकीय नगरी पोखरामा पुगेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन क्षेत्र युनियन परिषद्सामू त्यहाँका श्रमिकहरुले यस्तो खुलासा गरेका हुन् ।

परिषद्ले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटन श्रमिकले निर्वाह गर्नुपर्ने भूमिका र उनीहरुको अधिकारका बारे पोखरामा गरेको अन्तक्रियामा सहभागी श्रमिकहरुले पोखराका होटल, रेष्टुरेन्ट, ट्रेकिङ साथै ट्राभलका अधिकांश प्रतिष्ठानमा श्रम ऐन लागु नभएको गुनासो गरे ।

त्यस्तै पर्यटन श्रमिकलाई न्यूनत्तम पारिश्रमिक नदिएको, मासिक जम्मा चार÷पाच हजार रुपैंयामा काम गर्न लगाएको, शेवा शुल्कबापत पाउनुपर्ने १० प्रतिशत रकम पनि नदिएको, नियुक्ति बिना काममा लगाएको गुनासो गरेका थिए । त्यस्तै टे«किङ क्षेत्रमा काम गर्ने गाइड लाइसेन्स नबिकरणमा झन्झटिलो प्राबधान खडा गरेको, प्यानको नाममा सरकारले दुःख दिने गरेको, भारी बोकेर अर्काको घरमा भाडामा बस्ने श्रमिकले आफैंले बहाल कर तिर्नुपरेको लगायत समस्याबारे ट्रेकिङ गाईडको गुनासो थियो ।

होटल रेस्टुरेन्टहरुले पनि सरकारले तोकेको न्युनतम तलब सेवा सुबिधा नदिएको, युनियन खोलेको बाहानामा जागिरबाट निस्कासन गर्ने लगायतका कार्य भइरहेको बताए ।

कार्यक्रममा जिफन्ट पर्यटन क्षेत्र युनियन परिषद संयोजक राम बुढाथोकी, जिफन्ट धौवलागीरी अध्यक्ष मीना गुरुङ, जिफन्ट राष्ट्रिय कमिटि सदस्य सुनिता थापा, नेस्वहोमयूका उपाध्यक्ष बंशी भट्टराई, युनिट्राभका महासचिव सुमनप्रसाद पराजुली लगायतले समग्र पर्यटन क्षेत्रको विकासका लागि सम्भावीत गन्तब्यको बजारीकरणमा मजदुरले आ आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न प्रतिष्ठानका १ सयभन्दा बढि श्रमिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

भुवाईको अध्यक्षतामा नेस्वहोमयू कास्की

tourism labour 1
नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेन्ट मजदुर युनियन ( नेस्वहोमयू) जिल्ला कमिटी कास्कीको ८ औ अधिबेशनले रामचन्द्र भुवाईको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिबेसनले उपाध्यक्षमा गोपाल गीरी, सचिवमा रामप्रसाद दुवाडी, सह–सचिवमा शिवप्रसाद दवाडी र कोषाध्यक्षमा प्रभा पहाडी लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रामकुमार राई, अञ्जु थापा, राजन भण्डारीलाई चयन गरेको छ । मनोनित १ सदस्य गरि कार्यसमिति ९ सदस्यीय हुनेछ ।

१५ चैत २०७२/ ७:०१

वि.सं.२०७२ चैत १५ सोमवार १९:०५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...