back
NMB ad

पर्यटकीय गाउँ लमजुङमा पहिलोपटक प्रहरी पुग्दा स्वागतम् !

Kumari bank ad

लमजुङ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् ।

जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेल सहितको टोली सिउरुङ पुगेको थियो । गाउँमा प्रजिअ आएपछि स्वागतका लागि वृद्धवृद्धा पनि निकै उत्साहित देखिएका थिए । “गाउँमा कति पाहुना आए, कति देशका पाहुना आए, तर जिल्लाका सिडियो साप आएको पहिलो पटक हो”, स्थानीयवासी ८२ वर्षीया तार्खु घलेले भने, “हामीले जिल्लाका हाकिमलाई गाउँमा देखेको पहिलो पटक हो ।”

सिउरुङ पुग्नका लागि सदरमुकाम बेँसीसहरबाट हिँडेर पहिले ६ घन्टा लाग्ने गर्दथ्यो तर अहिले मोटरबाट दुई घन्टामा पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण जिल्लाका हाकिमले प्राथमिकता नदिएको स्थानीयवासीको गुनासो थियो ।

सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि गाउँमा महोत्सवसमेत हुने गरेको छ । तर पनि जिल्लाका हाकिम भने अहिलेसम्म गाउँ नआएको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताए ।

सिउरुङलाई २०६२ सालदेखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । गाउँमा पुगेका पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नाका साथै घाँटु, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गरी सम्मान गरिएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १३:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...