back
NMB ad

निर्वाचनमा कर्मचारी खटाउन गोलाप्रथाबाट छनोट गरिए पनि कार्यान्वयन भएन

Kumari bank ad

चरिकोट । आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भने पनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनमा गोलाप्रथाको धज्जी उडाउँदै मनपरी गर्न शुरु गरेको केही असन्तुष्ट कर्मचारीको भनाइ छ ।

निष्पक्षताका लागि भन्दै कर्मचारी छनोट गरेर शुरुमा नै राम्रो सन्देश दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालय अन्ततः विवादमा फसेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोटमा विगतमा हाकिमका आसेपासेलाई सजिलो स्थान दिइएको आरोप लागेकाले यो पटक गोलाप्रथा गर्ने भनिएपनि त्यसको धज्जी उडाएकोे कर्मचारीको गुनासो छ ।

गोला प्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गर्न भनिए पनि जिल्ला निर्वाचन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत बसेर गोलाप्रथामा नै तलमाथि गरिएको आशंका केही कर्मचारीले गरे । योपटक गोलाप्रथा गोलमाल पार्न केही कर्मचारी र कार्यालय लागेको कर्मचारी विकास चौलागार्इंको दाबी छ ।

बढी भत्ताको लोभमा कोष तथा लेखानियन्त्रक कार्यालयका प्रमुखले आफ्ना नजिकका भाइ छिमेकी आफन्तलगायतको नामसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतमा पठाउन सफल भएको नाम नभन्ने शर्तमा एक मतदान अधिकृतले बताउए । यसबारे प्रमुखजिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई सोध्दा कर्मचारी खटाउन गोलाप्रथामा कुनै चलखेल नभएको र गोलाप्रथाकै आधारमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको बताए ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले गोलाप्रथाबाट कर्मचारी छनोट गरिसकेको र बिरामी सरुवा भएका कर्मचारी र जान्न भनेका केही कर्मचारीबाहेकको सूची तलमाथि नगरिएको जानकारी गराए ।
प्रकाशित मिति : ५ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ५ मंगलवार ०८:५३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...