back
NMB ad

सयौं राजनैतिक दलको बैंक खातामाथि अनुसन्धान हुँदै

Kumari bank ad

काठमाण्डौं । राजनीतिक दलको बैक खातामा करोडौ रकम जम्मा हुन थालेपछि भारतीय जाँच एजेन्सी प्रवर्तन निर्देशनालय र फाइनान्सियल इन्टेलिजेन्स युनिटका अधिकारीले भारतको १ हजार ७ सय ६१ दलमाथी अनुसन्धान शुरु गरेको छ।

हजार र पाँच सयको पुरानो नोटमा प्रतिबन्ध लगाइएको अवस्था र बैकमा पुरानो रकम जम्मा गर्ने अवधी सकिएपछि पनि दलको खातामा पैसा जम्मा भएको खुले पछि दुबै जाँच एजेन्सीले दलका खातामाथी अनुसन्धान शुरु गरेको हो ।

राजनीतिक दलको खातामा जम्मा भएको रकमबारे अनुसन्धान गर्न दुबै एजेन्सीले देशभर युनिट विस्तार गरेको छ । केही अनुसन्धानमा उपलब्धी समेत पाइसकेको छ।

अनुसन्धानकोक्रममा दुबै जाँच एजेन्सीले भारतको विएसपी बैकमा जम्मा भएको एक सय ४ करोड रुपैंया पत्ता लगाएको छ जुन बैंकमा पुरानो नोट जम्मा गर्ने अवधी सकिएपछि जम्मा भएको थियो।भारतीय चुनाव आयोगका अनुसार सन् २०१६ सेप्टेम्बरसम्म भारतमा १ हजार ७ सय ६१ दल दर्ता छन्। जसमा ७ दल राष्ट्रिय पार्टीको मान्यता प्राप्त छ। ४८ वटा पार्टीले क्षेत्रिय दलको मान्यता पाएको छ। त्यसमा १ हजार ७ सय ६ पार्टीले मान्यता पाउन सकेका छैनन्।

दुबै जाँच एजेन्सीले आफ्ने अनुसन्धानलाई मान्यता नपाएका यीनै दल केन्द्रित गरेको छ। दुबै एजेन्सीले केही राष्ट्रिय र क्षेत्रिय दलको बैंक खातालाई समेत शंकाको सुचीमा राखेको छ।मुख्य चेन्नेई,बैंग्लोर र विशखापट्टनम क्षेत्रमा रहेका बैकका खाताको अनुगमन शुरु भइसकेको छ। सो क्षेत्रका ५ बैंकको १४ शाखामा जम्मा भएको पैसाबारे अनुसन्धान भइरहेको छ।यी १४ शाखामा दक्षिण भारतको अधिकांश क्षेत्रिय दलको खाता रहेको छ।

१३ पुस २०७३, बिजमाण्डु, १०।१५

वि.सं.२०७३ पुस १३ बुधवार १०:३१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...