back
NMB ad

पोलिक्लिनिकले खानेपानीको मुहानमै अस्पताल जन्य फोहोर फाले पछि

Kumari bank ad

सुरजकुमार भुजेल, मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा रहेको थाहा पोलिक्लिनिकले खानेपानीको मुहानमै अस्पताल जन्य फोहोर फाले पछि खानेपानी प्रदुषित भएको छ । स्वास्थ्य संस्था नै स्वस्थ्य प्रति सम्वेदन्शील हुन छाढे पछि सर्वसाधरणहरु चिन्तिन् भएका हुन । p3 (2)
थाहा न.पा ४ काकारुल खोलाको खानेपानी उपभोक्ता समितिका एक उपभोक्ताका अनुसार सडक भन्दा तल थाहा पोलिक्लिनिकको रगत लतपतिएको कपास, सूईहरु, औषधिका बोत्तहरु जस्तो फोहोर भेटिएको हो ।p3 (1)

पानीको मुहानमाथि अस्पतालजन्य फोहोर फालेको देखेपछि अहिले थाहा न.पा.४ भुईडाँडाका बासिन्दाले धाराको पानीखान छोडेका छन् । भूसुने ओडारको मुहानबाट ल्याएको खानेपानी किटेनी र भुईडाँडाका करिब ३ सय परिवारले पिउने प्रयोग गर्दौ आएका थिए ।

पोलिक्लिनिकका सञ्चालक सदस्य सहदेव ढकालले पोलिक्लिनिकको फोहोर आफैले व्यवस्थापन गर्ने गरेको बताए । उनले सिरिन्ज जलाउने मेशिन आफैसँग रहेको र अन्य फोहोर बाहिर लगेर जलाउने गरेको जिकिर गरका छन् । नजिकैकोे जग्गा भाडामा लिएर फोहोर जलाउने गरिएकोमा केही समयदेखि उक्तकार्य अवरुद्ध भएको उनको भनाई छ ।

कानूनमा के छ ?
फोहर व्यवस्थापन सम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा स्वास्थ्य सस्थाले आफैँ फोहरको उचित व्यवस्थापनगर्नु पर्ने उल्लेख छ ।
फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवानागर्न सकिने व्यवस्था छ । फोहर मैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को खण्ड (ञ)
बमोजिम जनस्वास्थ्यमाप्रतिकुल असर पर्ने गरी सडक वाअन्य सार्वजनिक स्थानमाकुनै पनिकिसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वानिश्काशनगर्नेलाई तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबानागर्न सक्नेछ भने सोही ऐनको दफा ३८ को खण्ड (ट), (ठ) र (त) बमोजिम स्थानीयनिकायले पचास हजार रुपैयैया देखि एक लाख रुपैयाँसम्म जरिबानागर्न सक्नेछ भने पटक पटक यस्तो कार्य गरेमा कानून बमोजिम अनुमुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । यस्ता फोहोरलाई अन्य फोहोरसँग मिसाएर फाल्ने, जनस्वास्थ्य र वातावरणमा असर पुग्ने किसिमका फोहोर मैलालाई खुला स्थानमा फाल्नु फोहोर मैला व्यवस्थापन ऐन, २०६८ अनुसार दण्डनीय कार्य हो ।

विज्ञहरु के भन्छन् ?
विज्ञहरुका अनुसार वातावरण र मानव स्वास्थ्यका लागि स्वास्थ्य संस्थाका फोहर घातक हुन्छ । स्वास्थ्य संस्थाबाट संक्रमणात्मक फोहर निस्कने हुँदात्यसले थपखतरा हुने विज्ञहरु बताउँछन् । पानीकै मुहानमा यस्तो फोहर फ्याँक्दा पानीमा एमोनियाको मात्रा बढाउँछ । अक्सिजन सोस्छ । माइक्रोन्युटेनजस्ता सूक्ष्म तत्वको मात्रा बढ्न गई पानीको गुणस्तर घट्छ ।
स्वास्थ्य संस्थाकाफोहरलाई खुला ठाउँमा विसर्जन गर्न हुँदै हुँदैन । फोहर–प्रदूषणले वायुमण्डलमा कार्बन डाइअक्साइको मात्रा बढ्न गई पृथ्वीको तापमान वृद्धि हुने र त्यसले जलवायु परिवर्तन गराउने विज्ञहरुको तर्क छ ।अस्पतालहरूले लापरबाहीपूर्ण तरिकाले फोहोर फाल्ने गर्दा मानव स्वास्थ्य संकटमा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा उत्पादनहुने अस्पतालजन्य फोहोरमध्ये ८५ प्रतिशत सामान्यफोहोर, ५ प्रतिशत संक्रामक फोहोर र १० प्रतिशत असंक्रामक तर जोखिम युक्त फोहोर रहने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

संगठनको अध्ययनले ‘सिरिन्ज’लगायत चिकित्सा जन्य फोहोरबाट एचआइभी संक्रमण फैलिन सक्ने बताएको छ । यस्ता फोहोरको समुचित व्यवस्थापनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा विभिन्न कानुनी व्यवस्था र मापदण्डहरूको तर्जुमा गरिएको भएता पनि तिनको सही पालना हुन नसक्दा अस्पतालजन्य फोहोर व्यवस्थापनको चुनौती दिन प्रतिदिन बढ्दै गएको
छ ।
फोहोर व्यवस्थापनका सम्बन्धमा सरकारले ऐन नै बनाएको छ । तर, कार्यान्वयन हुन नसक्दा मानव स्वास्थ्यमा खतरा बढ्दै गएको छ ।

ऐननियमकागजमै सीमितनगर

सरकारले फोहर मैला व्यवस्थापन सम्बन्धमा विभिन्न ऐन, नियम बनाए पनि त्यसको कार्यान्वयनहुन सकेको छैन । फोहर मैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०६९ को व्यवस्था मिचेर स्वास्थ्य संस्थाले फोहरसँग लापर्बाही गरिरहेका छन् । यस्तो लापरबाही गर्नेलाई स्थानीय निकायले नै कारबाही गर्न सक्नेछ । अस्पतालजन्य फोहर र अन्य साधारण फोहरसँगै मिसाउन र विसर्जन गर्न नपाइने कानुनी प्रावधान छ । ऐनले फोहर उत्पादनगर्नेले नै फोहरको यथोचित व्यवस्थापन गर्नुपर्ने किटान गरेको छ ।

अस्पतालबाट निस्केको फोहरका कारण कोही मानिस बिरामी परेमा उजुरी गर्न पाइने कानुनी व्यवस्था छ । स्वास्थ्य संस्थाका फोहर जथा भावी फाल्ने अस्पतालमाथि पनि कानुनी कारबाहीको व्यवस्था छ ।

प्रकाशित मितिः २०७४ असार १७

वि.सं.२०७४ असार १७ शनिवार १७:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...