राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूषण रोक्न सचेतना अभियान थालेकाछन् । यस अघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानी स्थित सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्चारग्राम स्थित त्रिमूर्ति निकेतन, सहिदगेटका चार सहिदका शालिक, त्रिपुरेश्वरस्थीत त्रिभूवन, पासाङ ल्हामु, राजाहरुको शालिकमा सरसफाई गरी मास्क पहिराउने काम गरेका हुन् ।
६ चैत २०७३, १।००
वि.सं.२०७३ चैत ६ आइतवार १३:३५ मा प्रकाशित