back
NMB ad

हिमालपारीको जिल्ला मनाङबाट आलु काठमाडौ आउन थाल्यो

Kumari bank ad

नेस्याङ (मनाङ)। बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौ भित्रिन थालेको छ। मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन। जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थालेका छन्।

हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ। नेपालमा अर्गानिक खेती हुने जिल्लामध्ये मनाङ अग्रपंक्तिमा पर्छ। यहाँको प्रमुख बालीमध्ये आलुलाई लिइन्छ। अहिले आलु खन्ने समय भएको छ। वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको मात्रै नभई विदेशीको समेत मन जितेको छ।

आलुलाई तरकारीको राजाको रुपमा लिइन्छ, त्यसमाथि मनाङको अर्गानिक आलुको कुरै बेग्लै। यहाँ आउने नेपाली पर्यटक हुन् या विदेशी पर्यटक पाएसम्म स्वादिलो आलुको परिकार खान रुचाउँछन्। मनाङका प्राय होटलमा आलुका विभिन्न परिकार बनिरहेका हुन्छन्।

मनाङका होटलमा खपत भएर आफूहरुले खानेबाहेक बाँकी सबै आलु खेर जानेगरेको आलुले अहिले भने बजार पाएको छ। आफूलाई गुजाराका लागि मात्र खेती गर्ने गरेका यहाँका कृषकले अहिले भने व्यवसायिक रुपमा आलुखेती गर्न थालेका छन् भने मनग्ये आम्दानी पनि गर्न थालेको बताउँछन्। रासस

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १४:०० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...