back
NMB ad

लोडसेडिङ अझै घट्ने, भारतबाटै पुनः ६ सय मेगावाट ल्याइने

Kumari bank ad

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन बृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरुपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत लोडसेडिङ न्यूनमात्र रहनेछ। हाल बिजुलीको माग १३ सय मेगावाट छ भने उत्पादन ८ सय २९ मेगावाट मात्र छ। नेपालले लोडसेडिङ घटाउन हाल भारतबाट ३ सय १५ मेगावाट हाराहारीमा आयात गरिरहेको छ।

आगामी वर्ष बिजुलीको माग बढेर १४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण विद्युत प्राधिकरणको छ। त्यतिबेलासम्म मुलुकमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये ४० वटाको निर्माण सम्पन्न भई त्यसबाट ३ सय ५८ मेगावाट बिजुली उत्पादन सुरु भइसक्नेछ।

ती अधिकारीका अनुसार निजी क्षेत्रका ३८ आयोजना सम्पन्न भई ३ सय १४ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ भने विद्युत प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट ४४ मेगावाट बिजुली थपिनेछ।

कान्तिपुर दैनिक, १७ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १७ बुधवार १०:३७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...