back
NMB ad

बल्ल ६ वर्षपछि नेपाल–भारत विद्युत आदानप्रदान बैठक

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने विजुलीको परिमाण र मूल्य तोक्ने ‘नेपाल–भारत विद्युत आदानप्रदान समिति’को बैठक ६ वर्षपछि बस्न लागेको छ । भारतले नै पत्राचार गरेपछि बैठक बस्ने टुंगो लागेको हो ।

प्राधिकरणले निरन्तर ताकेता गर्दै आए पनि यसअघि भारतीय पक्षले बैठक राख्न बेवास्ता गर्दै आएको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले साउन २५ गते (अगष्ट ९, सन् २०१७) बैठक बस्ने गरी सोमबार पत्राचार गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘उक्त मितिमा बैठक राख्न नसकिने वा प्राधिकरणलाई उचित हुने मिति सिफारिस गर्ने विषयसमेत उल्लेख छ,’ उनले सोमबार भने, ‘प्राधिकरणले साउन २३, २४ र २५ मा बैठक बस्न सकिने बेहोराको प्रतिउत्तर पठाएको छ ।’

भारतीय विद्युत राज्य मन्त्री पियुष गोयलले बैठक छिटो राख्न भारतीय अधिकारीलाई दबाब दिँदै आएका थिए । उनले आफ्नो नेपाल भ्रमणअघि नै बैठक हुनुपर्नेमा जोड दिएका छन् । राज्य मन्त्रीकै जोडमा पनि बैठक बस्न लागेको प्राधिकरणले जनाएको छ । उनले आगामी भदौ २ गतेपछि भ्रमणमा आउने बताइएको छ ।

समितिको बैठक सन् २०११ मा पहिलो पटक बसेको थियो । सन् २०१३ बस्ने भने पनि अहिलेसम्म बसेको छैन । बैठक नहुँदा नेपालले भारतबाट आयात गर्ने विद्युतको बढी मूल्य तिर्नुपरेको छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी र टनकपुर १३२ केभी प्रसारण लाइनबाहेकका विन्दुबाट आयात हुने बिजुलीको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढी तिर्दै आएको छ । सम्झौताअनुसार बिहार, उत्तर प्रदेश, उत्तराखण्डका दर्जन विन्दुबाट बिजुली आयात भइरहेको छ ।
कुशाहा–कटैया, जोगबनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबी लगायत विन्दुबाट बिजुली आयात गर्ने गरेको छ । कुशाह–कटैयाबाट ५० मेगावाटभन्दा बढी आयात गर्दा बढी महसुल तिर्नुपरेको छ ।

प्राधिकरणले बिहार, उत्तर प्रदेशलगायत नाकाबाट प्रतियुनिट ८.८८ रुपैयाँ (५.५५ भारु) मा बिजुली किन्ने गरेको छ । सन् २०११ मा बसेको बैठकले कुनै कारणवश बैठक बस्न नसके यसरी किन्ने बिजुलीको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढ्ने सर्त थियो ।

सन् २०११ मा भारतले बिजुली खपत युनिटलाई किलोवाट घन्टामा नाप्ने गर्थ्यो । तर, अहिले युनिट परिवर्तन गरेर किलोभोल्ट घन्टा ९केभिए घन्टा० बनाएको छ । युनिट परिवर्तन गर्दा नेपालले उक्त नाकाबाट आयात हुने बिजुलीको मूल्य करिब २२ प्रशितसम्म बढी मूल्य तिर्नुपरेको छ । अहिले त्यहाँबाट किन्ने बिजुलीको मूल्य करिब प्रतियुनिट ११ रुपैयाँ तिर्नुपरेको छ ।

बैठकले सबै विन्दुबाट आयातित बिजुलीको मूल्य पुनरावलोकन गर्ने हुँदा प्राधिकरणलाई राहात पुग्ने अधिकारीले बताए । उनका अनुसार सुदूरपश्चिम धनगढी–पालिया नाकाबाट थप १० मेगावाट बिजुली ल्याउने विषय पनि बैठकमा प्रस्ताव गरिनेछ । ३३ केभीको यो विन्दु अहिले प्रयोगमा छैन ।

सन् २०११ मा बसेको समितिको बैठकले आदानप्रदान सम्झौताअनुसार ५० मेगावाटभन्दा बढी बिजुली किन्दा बिहार विद्युत आयोगले तोकेको दरमा लिनुपर्ने उल्लेख छ । उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १२:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...