back
NMB ad

जलविद्युतको पिपिए गर्दा ‘बोनस’

Kumari bank ad

नदी प्रवाही (आरओआर) आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्दा अब जलविद्युत उत्पादकले २ महिना समय बोनस पाउने भएका छन् । पिपिएको नयाँ कार्यविधि तयार गर्दा हिउँद र बर्खायामको समय हेरफेर गरेकाले उत्पादकलाई सुविधा पुग्ने भएको हो ।

पिपिए सम्बन्धी पुरानो कार्यविधिमा मंसिरदेखि चैतसम्म हिउँद र बाँकी ८ महिना बर्खायाम तोकिएको थियो । तर, नयाँ कार्यविधिमा मंसिर १६ देखि जेठ १५ सम्म (६ महिना) हिउँद र जेठ १६ देखि मंसिर १५ सम्म बर्खायाम निर्धारण गरिएको छ ।

हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ पिपिए गर्दै आएका उत्पादकले चार महिनामात्र हिउँदको दरमा भुक्तानी पाउँथे । तर, अब ६ महिना हिउँदको दर (८.४रुपैयाँ) पाउने भएका छन् । यसो हुँदा आयोजना निर्माणमा स्वेदशी निजी क्षेत्र आकर्षित हुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘बैशाख १३ गते प्राधिकरण सञ्चालक समितिले पिपिए सम्बन्धी कार्यविधि पास गरेको छ,’ उनले भने, ‘बैशाख १४ देखि यो नियम कार्यान्वयन भयो । पिपिए सस्तो भयो भन्ने निजी क्षेत्रको गुनसोलाई यो व्यवस्थाले सम्बोधन गरेको उनको भनाइ छ ।

हिउँद र बर्खाको समय हेरेफेर हुँदा आयोजनाबाट उत्पादन हुने ऊर्जाको परिमाण पनि परिवर्तन भएको छ । अधिकारीका अनुसार हिउँद समय ४ महिना गणना गर्दा आयोजनाले सुख्खायाममा कूल क्षमताको १५ प्रतिशत ऊर्जा अनिवार्य पुर्याउनुपथ्र्यो । बैशाख १४ देखि पिपिए हुने आयोजनाले सुख्खायामको ६ महिना कूल क्षमताको कम्तिमा ३५ प्रतिशत ऊर्जा पुर्याउनुपर्छ ।

‘कुनै नदी प्रवाही (आरओआर) आयोजनाले ३५ प्रतिशत ऊर्जा पुर्याउनुपर्ने व्यवस्थामा जान नचाहे पुरानै व्यवस्था (बर्खा ८ महिना र हिउँद ४ महिना) मा पनि पिपिए गर्न सक्नेछन्,’ उनले भने, ‘यो व्यवस्था स्वदेशी लगानीकर्तालाई मात्र लागू हुनेछ ।’

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...