काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई साधारण सेयरको आवेदन संकलनका लागि आस्बा प्रणालीको अनुमति दिएको छ । धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम प्रभु बैंकलाई धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्वा प्रणाली) कोे अनुमति दिएको हो ।
बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाता धनी लगानीकर्ताहरुले बैंकको कुनै पनि शाखाबाट सेयर आवेदन गर्न सक्ने छन् ।
७ माघ २०७३, १२।००
वि.सं.२०७३ माघ ७ शुक्रवार १३:१२ मा प्रकाशित