काठमाडौ । प्रभु इन्सुरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । प्रभुले १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।
प्रभु इन्सुरेन्सको हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ ।
प्रभुको हाल चक्ता पुँजी ३२ करोड ९० लाख ७३ हजार रहेको छ । यो इन्सुरेन्सले १७ प्रतिशत बोनस सेयर दिएको छ । यो बोनस सेयरलाई समेत जोडेर कायम हुने पुँजीमा हकप्रद सेयर ल्याउन लागिएको हो ।
प्रकाशित मितिः २०७३ माघ ४
वि.सं.२०७३ माघ ४ मंगलवार १६:०२ मा प्रकाशित