back
NMB ad

चीनका सी र भारतका मोदीलाई एकसाथ भेटेपछि प्रचण्डको खुसीको सिमा कति ?

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चिनियाँ राष्ट्रपति सी जीनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको त्रिपक्षीय भेट भएपछि उनले नसोचेको खुसी प्राप्त भएको छ । उनले आफुले सोच्दै नसोचेको सुखद संयोग भएको बताएका छन् ।

भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमान स्थलमा संचारकर्मीसँग भने, “गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जीनपिङलाई एक ठाउँमा भेटवार्ता गर्न पाइएला भनेर मैले सोचेको थिइनँ । यो नसोचेको मिठो संयोग भयो । यो दुर्लभ संयोग हो ”

प्रचण्डले सी र मोदीसँगको भेट पूर्वनिर्धारित तथा योजनावद्ध नरहेको स्पष्ट पार्दै भने, “सरकारी अधिकारीसहित सी सँग दुईपक्षीय भेटवार्ता सकिएपछि त्यही होटेलका प्रतिक्षा कक्षमा म गाडी कुरिरहेको थिए । अचानक चिनियाँ राष्ट्रपति आउनुभयो। उहाँसँग मैले १२१५ मिनेट कुराकानी गरे । त्यही बीचमा अकास्मात् मोदीजी प्रवेश गर्नुभयो र मैले दुवै नेतासँग एकै स्थानमा सम्वाद गर्ने अवसर पाए।”

“यस्तो दुर्लभ अवसर पाउनेछु भनेर मैले सोचेको थिइनँ । चीनका राष्ट्रपतिलाई एक्लै भेट्छु भन्ने चाहना थियो । तर टुप्लुक्क आइपुग्दा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । त्यहाँ मोदीजी पनि सामेल हुँदा त्यो अन्त्यन्तै सुखद संयोग भइदियो । यो मेरा लागि मात्र होइन, देशकै लागि ठूलो अवसर हो ।” उनले भने ।

प्रचण्डले त्रीपक्षीय भेटको अवस्थिति पनि संयोग नै हुनपुगेको बताउँदै भने, “प्रतिक्षा कक्षमा दक्षिणतिर मोदीजी हुनुहुन्थ्यो भने उत्तरतिर सी जी भन्नुहुन्थ्यो । बीचमा म थिए ।”

अन्तर्राष्ट्रिय मञ्चहरुमा आफूले नेपालको हितको पक्षमा दह्रोसँग कुरा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले मोदी र सीसँगको संयुक्त भेटपछि आफ्नो छाती गर्वले फुलेको बताए ।

प्रकाति मिति २०७३ कार्तिक १

वि.सं.२०७३ कात्तिक १ सोमवार १७:४० मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...