back
NMB ad

यस्तो छ समर्थन फिर्ता लिँदै प्रचण्डले ओलीलाई लेखेको पत्र !

Kumari bank ad

काठमाण्डौं । आज माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता गरेकोछ । प्रधानमन्त्री ओलीलाई एउटा पत्र बुझाउँदै प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिएको जनाएका हुन् । हेर्नुहोस् उनले लेखेको पत्र …

Prachanda

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,
प्रधानमन्त्री कार्यालय
सिंहदरबार काठमाडौं।

विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे।

सम्माननीय प्रधानमन्त्री

उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो। तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्ने, संक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न, तराई मधेसमा भएको आन्दोलन एंव थारु लगायत सबै आदिवासी जनजातिका सरोकारहरु सम्बोधन गर्न, गतवर्षको गएको विनाशकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ।

गत २०७३ वैशाख २३ गते नेकपा एमाले र हाम्रो पार्टीबीच भएको नौ बुँदे सहमतिको मूल मर्म पनि त्यही थियो। तर वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारका रही रहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं। साथै हाम्रो पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं। हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौं।

२८ असार २०७३, १।३०

वि.सं.२०७३ असार २८ मंगलवार १३:४१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...