back
NMB ad

सभामुखको निष्पक्षतामाथि प्रश्न उठेको छ : ज्ञवाली

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)ले सत्ताबाट फिर्ता भएपनि सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले आज काछमाडौंमा आयोजित अन्तरकृयामा सचिव ज्ञवालीले अहिलेको सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको स्पष्ट पारे ।

ज्ञवालीले मुलुकलाई सङ्क्रमणकालतर्फ धकेल्न सरकार परिवर्तन गर्न नेपाली काँग्रेस र माओवादी केन्द्र लागेको बताए । ‘‘भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको प्रतिवाद र चीनसँग सम्बन्धजस्ता राम्रा काम देखेर सरकार ढाल्ने खेलमा लागेका छन्” – उनले भने ।

“संविधान कार्यान्वयन नगर्न, राष्ट्रिय स्वाधीनता कमजोर पार्न, बनेका संरचना भत्काउन र मुलुकलाई सङ्क्रमणतर्फ धकेल्न सरकार परिवर्तन गर्न थालिएको छ”, सचिव ज्ञवालीले भने ।

उनले प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपको संसद्मा एक÷एक गरेर प्रतिवाद गर्ने बताउँदै एमालेले गरेको काम जनताको इजलासमा न्यायिक फैसला हुनेसमेत उल्लेख गरे ।

सचिव ज्ञवालीले संसद्मा विचाराधीन बजेटका विधेयकलाई छाडेर सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउनु गम्भीर गल्ती भएको टिप्पणी गरे । ‘‘सभामुखले गम्भीर गल्ती गर्न थाल्नुभएको छ उनहाँको निष्पक्षतामाथि प्रश्न उठेको छ”, सचिव ज्ञवालीले भने ।

अर्को एक प्रसङ्गमा सचिव ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भए पनि मुलुकलाई जनप्रतिनिधि विहीनता बनाउन संसद् विघटन नगर्ने स्पष्ट पारे ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उज्ञवालीले भने संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ । तर हामी त्यो गर्दैनौँ”,– ‘‘संसद् विघटन गरेर जनप्रतिनिधि विहीनताको अवस्थामा मुलुकलाई पु¥याउँदैनौँ ।’’ संसद विघटन गरेर चरम अस्थिरता ल्याउनेहरु अहिले प्रधानमन्त्रीले यस्तो कदम चालन सक्ने भनेर सशंकित हुनु नपर्ने उनको धारणा थियो । ०५९ मा संसद विघटन गरेर देशलाई अस्थिरतामा धकेल्ने शेरबहादुर देउवा र ०६९ मा संविधान सभा विघटन गरेर अस्थितरता निक्त्याउने माओवादी नेता प्रचण्ड नै ह्न् । हामीले संसद विहिनताको अवस्थाको चरम पिडा भाोगिसकेकाले राष्ट्र जोगाउने आयित्व एमालेको काँधमा रहेको बताए । संसदबाटै निर्वाचित भएको प्रधानमन्त्रीले संसदले नै अस्वीकार गरेको खण्डमा बाहिरिने बताउँदै सचिव ज्ञवालीले एमाले मुल्य मान्यताको राजनीतिक संस्कार मान्ने पार्टी भएको स्पष्ट पारे ।
१ साउन २०७३

 

वि.सं.२०७३ साउन १ शनिवार १९:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...