back
NMB ad

भोलिदेखि प्रिपेड मोवाइलमा पनि टेलिकमको फोरजी सेवा

Kumari bank ad

काठमाडौ। नेपाल टेलिकमले शनिवार (माघ २२ गते)  देखि प्रिपेड ग्राहकका लागि पनि फोरजी सेवा दिने भएको छ। नेपालमा बहुप्रतिक्षित रहेको फोरजी सेवा टेलिकमले गत पुष १७ गतेबाट पोस्टपेडमा सफ्ट लन्च गरी सुरुवात गरेको थियो।

टेलिकमको १३ औं बार्षिकोवत्सवको अवसरमा प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुचारु गर्न लागेको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। टेलिकमले पोष्टपेडका ग्राहकले प्रोमोसनल अफरका रुपमा फोरजी प्याकेजका लागि निशुल्क चार जिवी डेटा दिएको थियो।

उपभोक्ताले सुरुवातमा ३२ दशमलब ४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन पाउनेछन्। भोलिदेखि टेलिकमले व्यावसायिक रुपमा फोरजीको प्याकेज तथा  अफरल्यउने बैद्यले बताइन। व्यावसायिक तरिकाले गएपछि फोरजीको गति १०० एमबिपिएस सम्म हुने उनले बताइन्। अहिले टेलिकमको थ्रिजी अधिकतम १२ एमबिपिएसको गतिमा चल्छ।

त्यस्तै फोरजी एलटिईमा ४२ एमबिपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ भने २५ एमबिपिएसको गतिमा डेटा अपलोड गर्न सकिन्छ। तर टेलिकम अपरेटर अनुसार यो स्पिडमा तलमाथि हुन्छ।

टेलिकमले प्रिपेड तथा पोष्टपेडमा कहाँकहाँ फोरजी चल्ने हो त्यसको बारेमा कार्ययोजना भने सार्वजनिक गरेको छैन। बैद्यले पोष्टपेडमा जस्तो प्रिपेडका ग्राहकलाई पनि यसअघि दिइदै गरेको चारजिवी डेटा हुनसक्ने बताइन।

स्रोतहरुका अनुसार, प्रिपेडमा चल्ने फोरजीमा पनि केही दिनसम्म स्किम दिइने टेलिकमको योजना छ। यतिउति भन्ने चै अझैसम्म निर्णय भइसकेको छैन।

प्रकाशित मितिः २०७३ माघ २१

वि.सं.२०७३ माघ २१ शुक्रवार १८:२८ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...