back
NMB ad

अबको राष्ट्रपतीय निर्वाचनमा कसले जित्ला ?

Kumari bank ad

दक्षिण अमेरिकाको पश्चिमी राष्ट्र इक्वेडरमा आइतबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । यस निर्वाचनमा मुलुकका एक करोड २८ लाख बालिग मतदाताहरुले भाग लिने छन् ।

वर्तमान राष्ट्रपति राफाएल कोरियाको दशवर्षे शासनकाल आशा गरेजति सन्तोषजनक नहुँदा मुलुकमा चीरस्थायी राजनीतिक स्थिरता नितान्त आवश्यक रहेकाले इक्वेडरका जनता अब उनको विकल्पको खोजीमा लागेका जनाइएको छ । सन् १९९७ देखि २००७ सम्मको एघार वर्षे अवधिमा मुलुकले सातवटा राष्ट्रपतिको शासन बेहोरिसकेको छ । ती सातजना राष्ट्रपतिहरुमध्ये पछिल्ला तीनजना आ–आफ्ना पूर्ण पदावधि सकिनुअगावै निष्कासनमा परेका थिए ।

हाल सम्पन्न हुन गइरहेको निर्वाचनले एउटा प्रमुख मुद्दा टुङ्गो लगाउने अपेक्षा गरिएको छ । सत्तारुढ पिएआइएस गठबन्धनको दललाई नै अर्को चार वर्षका लागि मुलुकको शासनको बागडोर सुम्पिई उक्त पार्टीले स्थापना गरेको ‘नागरिक क्रान्ति’को नारालाई नै पुनः स्वीकार गर्ने कि अर्को दलको ‘नवीन स्वतन्त्रतावाद (निओ–लिबरलिज्म)’ को नारातर्फ आकर्षित भई यसैलाई अङ्गिकार गर्ने ।

ल्याटिन अमेरिकी देशहरुमा हालैका वर्षहरुमा ‘निओ–लिबरलिज्म’ को राजनीतिक धारले निकै व्यापकता पाई फस्टाएर आइरहेको बताइन्छ । इक्वेडरको सर्वोच्च पदका लागि हुन गइरहेको निर्वाचन मैदानमा दुईजना सशक्त प्रतिद्वन्द्वी उम्मेदवारहरु देखापरेका छन् । यस निर्वाचनमा सत्तारुढ प्रगतिशील पिएआइएस पार्टीका लेनिन मोरेनो र मध्य–दक्षिणपन्थी कहलाइने दल – क्रिएटिङ्ग अप्परच्युनिटिज (क्रिओ) पार्टीसँग आबद्ध, पूर्व बैंक कर्मचारी गुल्लेर्मो लास्सोकाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यी दुवै उम्मेदवारले मतदाताहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो चुनावी घोषणापत्रमा अलग अलग मोडेलको आर्थिक कार्य योजना प्रस्ताव गरेका छन् । विभिन्न सामाजिक संस्थाद्वारा सञ्चालित निर्वाचनपूर्व अनुमानित परिणाम आँकलनमा सत्तारुढ गठबन्धन दलका मोरेनो अग्रस्थानमा रहे तापनि विजयी हुनका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढीको स्पष्ट बहुमत यिनले ल्याउने सम्भावना कमजोर छ ।

इक्वेडरको निर्वाचन ऐनअनुसार राष्ट्रपति पदमा विजयी हुनका लागि ५० प्रतिशतभन्दा बढीको स्पष्ट बहुमत वा आफ्नो निकटतम प्रतिद्वन्द्वीले प्राप्त गरेको मत सङ्ख्याको १० प्रतिशतले बढी हुने सङ्ख्यासहित खसेको मतसङ्ख्याको न्यूनतम ४० प्रतिशत मत प्राप्त गर्नै पर्दछ ।

यस निर्वाचनमा दुई अलग आर्थिक तथा राजनीतिक धारकाबीच कडा प्रतिस्पर्धा हुन गइरहेको बताउँछन् इक्वेडरका बुद्धिजीवीहरुको एक प्रमुख संस्थाः इन्स्टिच्युट फर नेसनल हाइयर स्टडिजका शैक्षिक तथा राजनीतिक विश्लेषक फर्नान्डो क्यासाडो ।

राजनीतिक विश्लेषक क्यासाडोका अनुसार अर्जेन्टिना, ब्राजिललगायतका धेरै ल्याटिन अमेरिकी राष्ट्रहरुले आ–आफ्ना पुराना र सनातनी राजनीतिक धार त्याग गर्दै वामपन्थपट्टि झुकाव राख्ने वृद्ध विचारशैलीका नेताहरुलाई विस्थापन गरी नवप्रजातान्त्रिक युगमा प्रवेश गरिसकेकाले यस लहरले चिलीलाई पनि अछुतो राख्न नसक्ने देखिन्छ । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ फागुन ८

वि.सं.२०७३ फागुन ८ आइतवार १२:५३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...