back
NMB ad

पत्रकार सेजुवाललाई चौतारीको सहयोग

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ । बिगत डेढ महिनादेखि ट्रमा सेन्टरमा उपचार गराईरहेका पत्रकार सेजुवालको उपचारमा आर्थिक अभाव देखिएपछि चौतारीले सोमवार अस्पतालमै पुगेर सहयोग गरेको हो ।
पत्रकार सेजुवाललाई चौतारीका अध्यक्ष गणेश बस्नेतले ८१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए । बोन टिबीबाट पीडित पत्रकार सेजुवाल प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य एवं कर्णाली अञ्चल इञ्चार्ज हुन । उनको उपचारमा आर्थिक अभाव भएपछि चौतारीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरेको हो । चौतारीको गत ८ जेठमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनकै बेला सेजुवाल बिरामी परेका थिए । परीक्षणको क्रममा बोन टीबीको रोग पत्ता लागेपछि गत २७ असारमा उनको सफल सल्यक्रिया गरिएको थियो ।
सल्यक्रियापछि उनी अस्पतालमै आराम गरिरहेका छन । प्रेस चौतारीले पूर्वकेन्द्रीय सदस्य सेजुवालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग गर्न सवैलाई आह्वान पनि गरेको छ । उनलाई नेपाल पत्रकार महासंघले यसअघि नै १५ हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।
‘संगठन धनी छैन, तर सवै सदस्य साथीहरुको खुसीमा मात्रै होइन, दुःखमा पनि साथ दिनुपर्छ भन्ने मान्यता साथ सहयोग हस्तान्तरण गरिएको छ, हाम्रो यस अभियानलाई सहयोग गर्न सवैसँग आग्रह पनि गर्दछौं,’ अध्यक्ष बस्नेतले भने । सहयोग हस्तान्तरण गर्न अध्यक्ष बस्नेतको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष सइन्द्र राई, प्रदेश ३ का उपाध्यक्ष बिश्वमणि सुवेदी, महासचिव राजेश राई र सचिव शुरोजंग पाण्डेलगायतका पदाधिकारी पुगेका थिए ।

वि.सं.२०७३ साउन ११ मंगलवार ०८:१४ मा प्रकाशित

You can share this post!

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...