back
NMB ad

अब प्रेस चौतारीको झण्डा सगरमाथामा

Kumari bank ad

काठमाडौं । प्रेस चौतारी नेपालको झण्डा अव सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ । सगरमाथा आरोही लाक्पागेलू शेर्पाले प्रेस चौतारी नेपालको झण्डा सगरमाथामा लैजान लागेका हुन् । बिहीबार काठमाडौंमा प्रेस चौतारी नेपालको झण्डा आरोही शेर्पालाई हस्तान्तरण गरियो ।

चौतारीका कार्यालयमा एक कार्यक्रम बीच चौतारीका अध्यक्ष राजेन्द्र अर्यालय र महासचिव माधव नेपालले झण्डा शेर्पालाई प्रदान गरेका थिए ।श्रमजीवी पत्रकारहरुको अगुवा संगठनको झण्डा सगरमाथामा लगेपछि यसको मान अझै बढ्ने बिश्वास लिईएको छ ।

११ पटक सगरमाथाको आरोहण गरिसकेका ३८ बर्षीय शेर्पा सोलुखुम्वू जिल्लाको दूधकुण्ड नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी शुक्रवार सर्वोच्च शिखरको आधारशिविर तर्फ जाँदैछन् । नेकपा९एमाले० सोलूखुम्वुका सदस्य रहेका शेर्पाले चौतारीको झण्डा सगरमाथामा लैजान पाउनु गौरवको बिषय रहेको बताए ।

प्रेस चौतारी सोलुखुम्वूको समन्वयमा भएको यो कामले आफूलाई अझै परिपक्व वनाउने शेर्पाको भनाई छ । प्रेस चौतारी नेपालका पाँचहजार बढी सदस्य नै सगरमाथाको चुचुरोमा पुगेको अनुभूति हुने गरी सर्वोच्च शिखरमा यो झण्डा फहराउने शेर्पाको बचनबद्धता रहेको छ । प्रेस चौतारी नेपालले आठौं राष्ट्रिय अधिबेशनको प्रचारप्रसारको तयारी संगै यो काम गरेको महासचिव माधव नेपालको भनाई छ । चौतारीको आगामी जेठ ६,७ र ८ गते राष्ट्रिय अधिबेशन काठमाडौंमा हुदैछ ।

२ बैशाख २०७३, ३.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...