काठमाडौ। सोमबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन नेपाल बङ्लादेश बैँक र सनराइज बैँकको बोनस पछि सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले नेपाल बङ्लादेश बैँककोे १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४३५ रुपैयाँ रहने भएको छ ।
त्यस्तै, सनराइज बैँकको बोनसकोे १५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३८३ रुपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०७४ कार्तिक १३
वि.सं.२०७४ कात्तिक १३ सोमवार १२:११ मा प्रकाशित