back
NMB ad

दशैंको मुखमा आएर चामल र दालको मूल्यवृद्धि

Kumari bank ad

काठमाडौ। दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको मूल्य बढाएका हुन् । व्यापारीले केही दिनयता विभिन्न ६ प्रकारका चामल र मुसुराको दालको मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँले वृद्धि गरिएको छ । त्यस्तै, मुसुराको दालको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाइएको छ । दुई थरी लङग्रेन चामलको मूल्य प्रतिबोरा मूल्य दुई हजार ३ सय रुपैयाँ र दुई हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै, पोखरेली चामलको मूल्य प्रतिबोरा २ हजार रुपैयाँ, जिरा मसिनो चामलको मूल्य एक हजार ६ सय ५० रुपैयाँ पुगेको छ । सोना स्टिम चामलको प्रतिबोरा मूल्य १ हजार ५ सय ७५ र जनरल सोनाको प्रतिबोरा मूल्य एक हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

एक महिनाअघि यी सबै चामलको मूल्य एक सय रुपैयाँ कम रहेको संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बताए । त्यस्तै, मुसुराको दालको मूल्य पनि १० रुपैयाँले बढाइएको छ । संघका अनुसार केही दिनअघिसम्म ९० रुपैयाँ रहेको ठूलो दाना भएको मुसुराको दालको प्रतिकिलो मूल्य एक सय र यसअघि एक सय १० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने सानो दाना भएको मुसुराको दालको मूल्य एक सय २० रुपैयाँ पुर्‍याइएको छ ।

‘थोक विक्रेताबाटै मूल्य बढेर आएकाले हामीले पनि बढाउन बाध्य भएका हौं,’ संघका उपाध्यक्ष मानन्धरले भने । केही समयअघि तराई क्षेत्रमा गएको बाढीका कारण निम्तिएको डुबानले पुर्‍याएको क्षतिलाई बहाना बनाएर व्यापारीहरूले मूल्य बढाएका हुन् । भारतमै मूल्य बढेकाले पनि त्यहीँबाट आयात हुने चामलको मूल्य बढ्नु स्वभावीक भएको संघको तर्क छ । ‘तराईको बाढी र भारतमै पनि चामलको मूल्य बढेका कारण बढाइएको हो,’ मानन्धरले भने ।

चामलको मूल्य अझै बढ्ने संघले बताएको छ । यसपटक डुबानका कारण तराईमा धानको उत्पादन घट्ने र त्यसले मूल्य बढाउने मानन्धरले बताए । तीन महिनाअघिमात्र चामलको मूल्य घटाएका व्यापारीले पुनः मूल्य बढाएका हुन् ।

आपूर्ति सहज गर्ने र बजार अनुगमन गर्ने निकाय उपभोक्ता अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने मूल्य बढेको आधिकारीक जानकारी आफूलाई नभएको बताएको छ । वस्तुको उपलब्धता र बजारको मागबमोजिम आपूर्ति र त्यसको मूल्य निर्भर हुने तर्क गर्दै विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘वस्तुको मूल्य बढ्नु वा घट्नु स्वभाविक हो, तर व्यापारीले त्यसको पुष्ट्याइँ गर्नुपर्छ,’

उपभोक्ता अधिकारकर्मीहरूले चाडवाडको समयमा उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्तालाई मार पर्ने बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अहिले मूल्य वृद्धि गर्नुपर्ने कारण नभएको भन्दै व्यापारीले नाफाका लागि उपभोक्ताको ढाड सेक्ने काम गरेको बताए । ‘चाडवाडमा उपभोक्तालाई उपभोग्य वस्तुमा सहुलियत दिनुको साटो मूल्य बढाइएको छ,’ उनले भने, ‘मूल्यवृद्धि फिर्ता हुनुपर्छ ।’अनलाईनखबरबाट

प्रकाशित मितिः २०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १७:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...