back
NMB ad

७०० प्रतिशतको मूल्यवृद्धि कसरी थेग्ने ?

Kumari bank ad

भेनेजुएला अहिले विभिन्न संकटबाट गुज्रिरहेको छ। संकट मडारिरहेको देशमा सरकार र विपक्षी तीब्र आरोप÷प्रत्यारोपमा छन्। मुलुक गम्भिर संकटमा रहेका बेलामा उनीहरु समाधानतर्फ लागेका छैनन्।

सरकारले विपक्षी दललार्इ सरकार परिवर्तन गर्न लागेको आरोप लगाएको छ भने विपक्षीले सरकारलार्इ संविधान संशोधनको प्रयास गरेको आरोप लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले देश ठूलो संकटमा ग्रुजिरहेको बताएको छ। भेनेजुएलाभित्र अभाव देखेर आर्थिक संकटमा फसेको स्पस्ट हुन्छ। दूध र औषधी पसलमा जनताको लामो लाइन देखिन्छ। बेरोजगारीको अवस्था भयावह छ।

पछिल्लो तीन वर्षदेखि यो देश ठूलो आर्थिक संकटबाट ग्रुजिरहेको छ।राष्ट्रपति निकोलस मडूरोले समेत संकटबाट कसरी पार लगाउने भन्ने तथ्य फेला पार्न सकेका छैनन्।आइएमएफका अनुसार भेनेजुएलाको मूल्यवृद्धि सात सय प्रतिशत भन्दा माथि पुगेको छ।राष्ट्रपतिको विरुद्धमा दिनहुँ सडकमा विरोध प्रर्दशन गरिरहेका छन्।निर्वाचन र आर्थिक संकट अन्त्यको माग गर्दै आन्दोलनमा छन्।
राष्ट्रपति मडुरो भने नयाँ संविधान ल्याउने पक्षमा छन्।सरकार र विपक्षीको घम्साघम्सीले अहिलेसम्म २८ जनाको ज्यान गइसकेको छ।राष्ट्रपति मडूरो आफ्नो विरुद्ध विदेशी षडयन्त्र भइरहेको बताउँदै संविधानमा संशोधन आवश्यक रहेको बताउँछन्।

उनीहरुले देशको खाद्य संकटमा सरकारको हात छ। मडूरोले विपक्षको भनार्इ विपरित पाँच सय सदस्य भएको संविधानसभा बनाउने आदेश दिएका छन् । यही संविधानसभाले नयाँ संविधान जारी गर्नेछ।भेनेजुएला स्वर्गीय ह्युगो चाभेजको प्रभाव बढी छ। चाभेजको दल यूनाइटेड सोसलिस्ट पार्टी १८ वर्षदेखि सत्तामा छ । २०१३मा चाभेजको निधन भएपछि देश र पार्टीको कमाण्ड मडूरोले सम्हालेका छन्।

सन् १९९९मा यो पार्टी सरकारमा आएको थियो। यो पार्टी सरकारमा आएपछि लोकतन्त्र र आर्थिक अवस्था कमजोर भएको हो।भेनेजुएलाको अर्थतन्त्र पेट्रोलियम पदार्थमा आश्रित छ। ९५ प्रतिशत तेल निर्यातबाट आम्दानी गर्दै आएको छ।

पछिल्लो तीन वर्षमा तेलको आम्दानी घटेको छ जसका कारण सरकारको विभिन्न खर्च कटौती गर्दै आएको छ। सरकारले तेलबाट हुने आम्दानी बढाउन ६ हजार प्रतिशतले मूल्य वृद्धि गर्यो।यो मूल्यवृद्धि पछि एक लिटर ग्यासको मूल्य ६० अमेरिकी डलर पुगेको छ।यसअघि एक लिटर ग्यासको मूल्य एक डलर मात्रै थियो। बीबीसी हिन्दीबाट

प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १५:११ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...