back
NMB ad

प्राथमिक सेयरको कारोबार अब दुई महिना भित्रै !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयरको कारोबार सुरु हुन लाग्ने समय घटाउन गृहकार्य थालेको छ । बोर्डले सेयर निष्कासन देखि कारोबार गर्दासम्म जम्मा दुई महिनामात्रै लाग्ने गरि नयाँ व्यवस्था गर्न लागेको हो ।

‘हामी अहिलेको समय घटाउने गृहकार्यमा छौं, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने, अहिले ६ महिना भन्दा बढी समय लाग्छ । यसलाई घटाएर दुई महिनामा झार्ने योजना छ ।’ सार्वजनिक निष्कासनको सेयर बाँडफाडकै समय धेरै समय लाग्छ । यसले गर्दा साधारण सेयर भर्ने व्यक्तिले ६ महिना जतिमा मात्रै दोस्रो बजारमा कारोबार गर्न पाउँछ ।

धितोपत्र बोर्डले नै गरेको अध्ययनमा साधारण सेयर भर्ने देखि दोस्रो बजारमा सेयर कारोबार हुँदासम्म औसतमा ६ महिनाको समय लाग्ने गरेको छ । यो अवधिसम्म लगानीकर्ताले सेयरलाई सम्पत्तिका रुपमा प्रयोग गर्न पाउँदैनन् ।

Share Market

डिम्याट खाता खोलेर सेयर भर्न लागेपछि समय घट्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा साउन देखि डिम्याट खाता राखेर मात्रै सेयर भर्न पाइन्छ । साधारण सेयर वितरण पछि पनि कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग ढिला सूचीकरण संझौता गरिदिँदा पनि कारोबारको समय धेरै लाग्ने गरेको हो |

१४ बैशाख २०७२, २।००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...