काठमाडौ । प्राइम लाइफ इन्सुरेन्स कम्पनिको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनिको २५ प्रतिशत बोनस पछि २ हजार १४७ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।
यसआधारमा कम्पनिको बुधबार पहिलो कारोबार २ हजार १४७ रुपैयाँमा खुलेको छ । यसैगरी, औसत आधार मूल्य १ हजार १७३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।
प्रकाशित मितिः २०७४ भाद्र १४
वि.सं.२०७४ भदौ १४ बुधवार १३:०३ मा प्रकाशित