back
NMB ad

दुर्गम गाउँमा हराए राजकुमार ह्यारी ! कहाँ छन् ? छैन खबर

Kumari bank ad

काठमाण्डौं । नेपालको पाँच दिने औपचारिक भ्रमण सकाएपछि अन्तिम दिन बाँकी ६ दिन यतै बिताउने बताएका बेलायती राजकुमार ह्यारी कहाँ छन् भन्ने कुरा गोप्य राखिएकोछ ।

बाँकी ६ दिनको उनको कार्यक्रममा नेपाली मात्र हैन, बेलायती र अरु अन्तर्राष्ट्रिय मिडियालाई पनि सहभागी नगराइएपछि उनी हराए जस्तै भएका छन् । यस्तै केनसिङ्टन प्यालेसका तर्फबाट विज्ञप्ति जारी गर्दै बेलायती राजदूतावासले सबै मिडियालाई राजकुमार ह्यारीको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।

ह्यारीले टिम रुबिकन युकेका स्वयंसेवकहरुसँगै मिसिएर मध्य नेपालको दुर्गम गाउँमा भूकम्पले भत्किएको एउटा स्कूल पुननिर्माण गर्ने बताइएको भएतापनि कुन ठाउँ र कुन स्कुल भन्ने थाहा भएको छैन । टिम रुबिकन युके गत वैशाख १२ को भूकम्पपछि गठन गरिएको संस्था हो। यसको अध्यक्षमा बेलायतको स्थल सेनाका पूर्व कमान्डर इन चिफ सर निक पार्कर रहेका छन्। ​बेलायती दूतावासले यसबारे फोटो र भिडियो उपयुक्त समयमा मिडियालाई उपलब्ध गराउने पनि बताएको छ।

१२ चैत, २०७२, ११.००

वि.सं.२०७२ चैत १२ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...