back
NMB ad

जब ह्यारीले भने नमस्ते नेपाल, धन्यवाद गोर्खा

Kumari bank ad

काठमाण्डौं । नेपालको पाँच दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका बेलायती राजकुमार ह्यारीको काठमाडौं यात्रा नमस्तेबाट सुरु भयो। त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा नमस्कारको मुद्रामा देखिएका ह्यारीले त्यसपछि भएका हाइप्रोफाइल भेटमा पनि नमस्तेलाई निरन्तरता दिए।

अपरान्ह काठमाडौं आएका ह्यारीले शनिवारै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै सरकारी आवासमा भेट गरे। त्यसपछि उनी आफ्नो सम्मानमा उपप्रधानमन्त्री कमल थापाले दिएको डिनरमा सहभागी हुन होटल याक एण्ड यती पुगे। नेपाल-बेलायत सम्वन्धको दुई वर्ष मनाउने क्रममा नेपाल भ्रमणमा आएका ह्यारीले त्यहाँ थापासँगै नेपालीलाई सम्वोधन पनि गरे।

उनले आफ्नो सम्वोधन नमस्तेबाटै सुरु गरे तथा नेपालमा दिएको स्वागतका लागि धन्यवाद शब्द प्रयोग गरे।

राजकुमार ह्यारीले नेपाललाई सहयोग गर्न चाहने विश्वका समस्त मानव समुदायलाई नेपाल व्यवसायका निम्ति खुला छ भन्दै नेपालको पुनः भ्रमण गर्न आग्रह गरे।

उनले भूकम्पपीडित नेपालीका लागि सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल र नेपालीको सङ्कल्प, सहनशीलता र लोकप्रियतालाई अझ चम्काउने बताए। भूकम्पमा परी ज्यान गुमाएकाप्रति पनि राजकुमार ह्यारीले श्रद्धाञ्जलि व्यक्त गरे।

गोर्खा सैनिकलाई विश्वभर अति प्रख्यात राजदूतको सङ्ज्ञा दिँदै राजकुमार हेनरीले भयानक बहादुरी एवम् विनम्रता र अनुकम्पपूर्ण उनीहरूको सौर्यको प्रशंसा गरे। साथै उनले बेलायती राजमुकुटको रक्षामा प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि समेत अर्पण गरे।

नेपालको यो मेरो भ्रमण निजी पनि हो, वीर गोर्खा सैन्यका केही व्यक्तिलाई भेट्ने अवसर पाएकामा म आभारी छु – उनले भने।

आफ्ना मातापितासहित आफ्नो परिवारका धेरै सदस्यले नेपालको भ्रमण गरेको स्मरण समेत उनले गरे ।

उनले आफ्नी हजूरआमाको राज्यारोहणका दिन नै तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरामाथा आरोहरण गरेको खबर सार्वजनिक भएर विश्वको ध्यान नेपालतर्फ आकृष्ट भएको बताए। योभन्दा ठूलो शीर्ष समाचार अरु के हुन्छरु राज्यारोहण र सगरमाथामा मानवले प्रथम पाइला हालेको दिनको नेपालको प्रचारबारेको विशिष्टता प्रस्तुत गर्दै उनले भने।

राजकुमार ह्यारी उनै हजुरआमाको प्रतिनिधी बनेर बेलायतबाट नेपाल आएका हुन्।

नेपालको सौन्दर्यसँग पहिलो पटक साक्षात्कार गर्न पाएको उल्लेख गर्दै राजकुमार ह्यारीले भने, धेरै बेलायती झैँ म पनि पुस्तक र टेलिभिजनका पर्दामा नेपालका सुन्दर चित्रहरु हेरेर हुर्किएँ, मलाई विश्वास छ तपार्इंहरुले सधैँ सुन्नुभएको छ विश्वका धेरै मानिसको कल्पनामा नेपालले विशेष स्थान ओगटेको छ।

बेलायत र नेपालबीच सम्बन्ध स्थापना भएको दुई सय वर्षका अवसरमा आयोजना हुने समारोहमा महारानीका तर्फबाट नेपाल भ्रमण गर्न आफूलाई भएको अनुरोधबाट आफू अत्यन्त हर्षित भएको उनले बताए।

अफगानिस्तानको पहिलो भ्रमणमा आफूले गोर्खा सैनिकसँगै सेवा गरेको सुनाउँदै उनले असाधारण सैनिक जन्माएर भरणपोषण गर्ने समुदायसँग पनि भेटघाट गर्ने जानकारी दिए। साथै उनले दौत्य सम्बन्धको द्विशतवार्षिकीमा आफूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरे।

उपप्रधानमन्त्री थापाले नेपाल र बेलायतबीचको सम्बन्ध बहुआयामिक, सहयोगात्मक, फलदायी, सहकार्ययुक्त भएको चर्चा गर्दै राजनीतिक, सैनिक, आर्थिक, विकासका आवश्यकता, शैक्षिक क्षेत्रलगायत विविध पाटामा दुवै पक्षका हितमा दिगो सहकार्य जारी रहेको बताए।

नेपालको लोकतान्त्रिक प्रक्रियामा संयुक्त अधिराज्यले सहयोग गरेको शान्ति प्रक्रियामा पनि त्यत्तिकै ठूलो सहयोग रहेको र त्यो टुङ्गिएसँगै संविधान जारी भएको बताए।

हाम्रा विकासका प्रयासमा संयुक्त अधिराज्यबाट महत्वपूर्ण सहयोग रहेको बताउँदै उनले नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्राप्त उदार सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गरे।

भूकम्पका बेला तत्काल सहयोग गरेकामा बेलायतप्रति आभार व्यक्त गर्दै उनले पुनर्निर्माण अभियानमा बेलायतले सघाउन गरेको प्रतिबद्धताको सराहना समेत गरे।

लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रताजस्ता समान मान्यता एवम् साझा हित हाम्रा सम्बन्धका आधार हुन्, हाम्रा सम्बन्ध पारस्परिक समझदारी र एकअर्काप्रतिको सम्मानमा आधारित छन्, उनले भने, सार्वभौमिक समानता, संयुक्त राष्ट्रसङ्घको वडापत्रमा निहित उद्देश्य र सिद्धान्तहरुप्रतिका प्रतिबद्धता, अन्तर्राष्ट्रिय कानुनको सम्मान एवम् विश्व शान्तिप्रतिको आदर्शले हाम्रा सम्बन्धलाई निर्देशित गरेका छन् ।

ब्रिटिस गोर्खाले नेपाल र बेलायतबीचको सम्बन्धलाई सुदृढ पारेको भूकम्पपछिको मानवीय तथा पुनर्निर्माणका काममा उनीहरुको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउँदै उपप्रधानमन्त्री थापाले भूकम्प प्रभावित क्षेत्रमा भएका मानवीय एवम् रचनात्मक कार्यको राजकुमारबाट हुन लागेको अवलोकनबाट नेपाली हर्षित भएका बताए।

कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, सांसद्, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, पूर्व मन्त्री, पूर्व सभासद्, संवैधानिक अङ्गका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका वरिष्ठ अधिकारी, समाजसेवी, कलाकार, उद्योगपति, व्यापारी एवम् वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । रासस

७ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत ७ आइतवार ११:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...