back
NMB ad

पिउने पानीमा देखिएको फोहोरको विरोध गर्दा प्रहरी खोरमा !

Kumari bank ad

काठमाडौ । अक्वा निर्मल क्वालिटि ड्रिंकिङ् वाटरमा देखिएको फोहोरको विरोध गर्दा आफूलाई प्रहरी खोरमा थुनिएको पीडित शंकर रोका बादलले आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत उनले भने, ‘मैले खानेपानीका लागि शिल नखोलेको जार किन्दा शिलप्याक अवस्थामै फोहोरको डल्ला भेटेर कम्प्लेन गर्दा पानी कम्पनीका मालिकहरुले दुव्र्यवहार गरे ।’
रोकाका अनुसार उक्त घट्ना भदौ ६ गतेको हो । उनका अनुसार सुरुमा यसबारेमा कम्प्लेन गर्दा कम्पनीका प्रोप्राईटर द्धय अच्यूत लामिछाने र किशोर मानन्धरले आफूलाई कम्प्लेन गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । पीडित रोकाले अघि थपे,‘तर उनीहरुले मलाई गौशालाको पिंगलास्थानमा बोलाएर फोहोर जार जबरजस्ती  लान खोजे, म एक्लै गएको थिईंन, मिडियाका साथीहरुपनि सँगै लिएर गएको थिएँ ।’

रोकाले भोलिपल्ट पत्रकार सम्मेलन गर्ने योजना बनाएको तर त्यही दिन नै उनलाई फिल्मी शैलीमा सिभिलमा आएका प्रहरीले भ्यानमा हालेर आफुलाई प्रहरी परिसर टेकुमा लगेको बताए । उनले भने,‘मलाई अपहरण शैलीमा प्राईभेट भ्यानमा हालेर लगियो, मेरो साथमा रहेको मोवाईल, सिक्रि र घडी समेत लुटिएको छ ।’

उनले १६ दिनसम्म आफूलाई हिरातमा राखिएको बताए । रोकाले भने,‘ म भदौ २१ गते मात्रै १५ हजार धरौटिमा छुटेको छु ।’
रोकालाई अहिले सार्वजनिक अपराधको मुद्दामा तारेखमा छोडिएको छ ।

प्रकाशित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १८:११ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...