back
NMB ad

शुल्कवृद्धि विरुद्ध पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलनमा

Kumari bank ad

धरान । त्रिभुवन विश्वविद्यालय इन्जिनियिरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेपछि धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । इन्जिनियिरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाले ७० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै प्रमुख सत्तारुढ दुई प्रमुख दलका विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।

एक साताअघि इन्जिनियरिङ संस्थानअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले आंगिक क्याम्पसमा शुल्क बढाएको पत्राचार गरेको थियो । सत्तारुढ दल नेपाली कांग्रेस निटक नेपाल विद्यार्थी संघ र माओवादी निकट अखिल क्रान्तिकारीले चारदिनदेखि धरान इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी गरेका थिए । जसका कारण इन्जिनियरिङ अध्ययन पूर्ण रुपमा ठप्प भएको थियो । तालाबन्दीबाट कुनै असर नपरेको र विद्यार्थीहरुको पढाइ प्रभावित मात्र भएपछि दुई विद्यार्थी संगठनका नेताहरुले क्याम्पसको प्रशासन अगाडि आमरण अनशन सुरु गरेका हुन् ।

आन्दोलित विद्यार्थी संगठनहरुले विद्यार्थी संग छलफल नगरी विद्यार्थीको ढाड सेक्ने गरी विश्वविद्यालयको एकलौटी रुपमा शुल्क वृद्धि गरेको भन्दैं आमरण अनसन समेत सुरु गरेका छन् । उनीहरुले शुल्क वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता गर्नुपर्ने माग समेत गरेका छन् । नेविसंघका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनशनमा बसेका छन् ।

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १७:३६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...