back
NMB ad

पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु

Kumari bank ad

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो ।

पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको थियो । पुनहिलको सरसफाइ र पर्यटकको सहजताका लागि रु १७ लाखको लागतमा शौचालय निर्माण कार्य शुरु भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले बताए । घोडेपानीदेखि पुनहिल जाने पदमार्गको प्रवेशद्वार, नेपाल टेलिकमको टावर रहेको डाँडा र पुनहिल परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । विशिष्ट व्यक्तिसमेत आउने भएकाले उनीहरुलाई लक्षित गरेर आधुनिक शैलीको शौचालय बनाइने घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले बताए ।

आगामी चैत महिनाअघि नै सार्वजनिक शौचालय निर्माण गरिसक्ने लक्ष्य छ । उच्च स्थानमा अवस्थित सो ठाउँमा पानीको सुविधा नभएकाले शौचालयमा प्रयोग गर्न आकाशे पानी संकलन गर्ने व्यवस्था मिलाउन लागिएको छ । भ्रमणमा आउने पर्यटक र होटल व्यवसायीबाट सहयोग जुटाएर शौचालय निर्माण गर्न लागिएको उपाध्यक्ष पुनले बताए । होटल व्यवस्थापन उपसमितिले यसअघि घोडेपानी र पुनहिल जाने पदमार्गमा चार वटा प्रवेशद्वार निर्माण गरेका थिए ।

यसैगरी चार किमीभन्दा बढी व्यवस्थित पदमार्ग निर्माण गरेका छन् । गुराँसे जंगलको बीचको डाँडामा अवस्थित पुनहिलबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ वटा हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० अन्तरगत प्रमुख पर्यटकीय गन्तव्य हो । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै दृष्य अवलोकनका लागि पुनहिल जाने गर्छन् । असोज–कात्तिक–मंसिर, फागुन–चैत र वैशाख महिनामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक ५

वि.सं.२०७४ कात्तिक ५ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...