back
NMB ad

धादिङ, जहाँ सबै बालबालिका खोपको पहुँचमा छन्

Kumari bank ad

राजन सिलवाल,धादिङ ।
पुर्ण खोपको अवधारणा पुरा गरी धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिती धादिङको आयोजनामा नेपाल सरकारका स्वास्थ्य मन्त्री दिपक बोहरामार्फत धादिङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । पन्ध्र महिनाको उमेर भित्रै विभिन्न ११ वटा खोप लागाउन पाउनु बालबालिकाको अधिकार र आवश्यकता दुवै हो । रोग नियन्त्रण गरी स्वस्थ रहने महत्वपुर्ण उपाय खोप लगाउने अभियान २०७४ सालसम्म आईपुग्दा नेपालमा विभिन्न ११ वटा खोपमा समेटिएको छ । जसमा २०६९ सालमा दादुरा–रुवेला खोप र २०७१ सालमा निमोनिया विरुद्धको खोप पनी राखिएको छ । राष्ट्रिय खोप अभियान पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । समाजमा चेतनाको स्तर बढेसंगै बालबालिकालाई पुर्ण खोप लगाउनु पर्छ भन्ने ज्ञान अभिभावकहरुमा देखिएको छ ।

के हो त पुर्ण खोप ?
पुर्ण खोप एउटा प्रभावकारी उपाय हो जस्को माध्यमबाट निश्चिरोगहरु लाग्नबाट बच्न सकिन्छ । खोप कार्यक्रमलाई जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रम मानिन्छ । खापको कारणले विभिन्न रोगहरु विश्वबाट निर्मुल भईसकेका छन् । स्मलपक्स वा बिफरलगायतका रोग बिदा हुने क्रममा छन् । पोलियो भर्खरै शुन्यप्रायः भएको छ भने टिटानस, दादुरा वा रुबेलाजस्ता रोग घट्ने क्रममा छन् ।विकासशील देश भएकाले विश्व स्वास्थ्य संगठन तथा खोपसम्बन्धी कार्यरत गैरसरकारी संस्थामार्फत् क्षयरोगको बिसिजी, लहरे खोकी, भ्यागुते, टिटानस, हेपाटाइटिस बी तथा हेमोफिलस इन्फ्लुयन्जा बी तथा तथा दादूरा रुबेलाहरू निशुःल्क रूपमा उपलब्ध छन् ।
विभिन्न खोपहरुको बारेमा सामान्य जानकारी
रोटा भाइरल भ्याक्सिन : एक वर्षभित्रका बच्चामा कडा संक्रमणका रूपमा हुने पखाला गराउने यो खोप ६ हप्तामा सुरु गरि ३२ हप्ता वा आठ महिनाभित्र लगाइसक्नु पर्छ । खुवाउँन मिल्ने यो खोपले रोटा भाइरल पखालाबाट बचाउँछ ।
न्यूमोकोलि भ्याक्सिन : बालबालिकामा न्यूमोनिया, कान पाक्ने तथा मेनिन्जाइसिसजस्ता संक्रमण गराउने स्ट्रप्टोकोकल न्यूमोनिया नामक ब्याक्टेरियाका विरुद्ध यो खोप दिइन्छ । यस खोपमा १३ प्रकारलाई कभर गर्ने १३ वटा भ्यालेन्ट वा प्रेभनार १३ वा २३ वटा भ्यालेन्ट वा ७ वटा पाइन्छन् । यीमध्ये प्रेभनार १३, साना बच्चालाई दिन सकिन्छ । १३ भ्यालेन्ट वा प्रेभनार भ्याक्सिन धेरै देशमा नियमित खोप कार्यक्रममा संलग्न भईसकेको छ । यो खोप २, ४, ६ महिना र १२ देखि १५ हप्ता गरी ४ डोजमा दिइन्छ । यो मासुमा दिइने सुई हो ।
दादुरा, हाडे वा गलफूलो रुबेलाविरुद्ध एमएमआर खोप : बालबालिकामा लाग्ने दादुरा, हाडे वा गलफूलो वा मम्पस र जर्मन मिजल्स वा रुवेलाविरुद्धको यो खोप बालबालिकालाई १२ देखि १५ महिनाको उमेरमा र दोस्रो डोज ४ देखि ६ वर्षको उमेरमा दिन सकिन्छ । दादुरालगायतका भाइरल इन्फेक्सन र त्यसका जटिलताबाट बचाउन यो खोप प्रभावकारी छ ।
ठेउला वा चिकेनपक्स वा भ्यारिसेला विरुद्धको खोप : बालबालिकामा हुने ठेउला वा भ्यारिसेला विरुद्धका खोप १२ देखि १५ महिनाको उमेरमा लगाउँन सकिन्छ । यसको दोस्रो डोज ४ देखि ६ वर्षको उमेरमा लगाउन सकिन्छ । यसले ठेउला हुनबाट बचाउँछ ।
हेपाटाइटिस ए विरुद्धको खोप : पानीबाट सर्न सक्ने कमलपित्त वा जण्डिस गराउने हेपाटाइसिटस भाइरसविरुद्धको यो खोप बच्चा १२ महिना पूरा भएपछि लगाउँन सकिन्छ र ६ महिनाको अन्तरमा अर्को डोज लगाउन सकिन्छ ।
जापानिज इन्सेफलाइटिसविरुद्धको खोप : लामखुट्टेको टोकाईबाट हुने अर्बोभाइरल इन्सेफलाइटिस वा मस्तिष्क सुजनका विरुद्ध लगाइन्छ । खोप एक महिनाको फरकमा दुई डोजसम्म दिइन्छ । नयाँ सिफारिसअनुसार २ महिनाभन्दा बढी उमेरदेखि वयस्कलाई पनि दिन मिल्छ ।
इन्फ्लुएन्जा भ्याक्सिन : सिजनल इन्फ्लुएन्जा वा फ्लु भ्याक्सिन ६ महिनाभन्दा बढी उमेर भएका बालबालिकादेखि लगाउन मिल्छ । सिजनल भाइरल रुघाखोकी, गराउने फ्लु भाइरसका विरुद्धको यो खोप बर्सेनि लगाउँनुपर्छ ।
ह्युमन प्यापिलोमा भाइरस भ्याक्सिन : पाठेघरको मुख सर्भिक्समा हुने सर्भिकल क्यान्सरको कारकका रूपमा रहेको ह्युमन वा मानव प्यापिलोमा भाइरसका विरुद्धको यो खोपमा विभिन्न स्ट्रेनहरू संलग्न सर्भारिक्स र गार्डासिल भन्ने भ्याक्सिनहरू उपलब्ध छन् । यो भ्याक्सिन १० देखि १२ वर्षका बालबालिकाका लागि सिफारिस गरिएको छ र यसमा ३ वटा डोज हुन्छन् । सुरुमा एक वा दुई महिना पछि र त्यसपछि ६ महिना पछि दिन सकिन्छ ।
मेनिङ्गोकोकल भ्याक्सिन : ब्याक्टेरियल मेनिन्जाइटिस एवं रक्त संक्रमण र शकसम्म गराउने व्याक्टेरियाविरुद्धको यो भ्याक्सिन २ वर्षभन्दा बढी उमेरका बालबालिकालाई लगाउँन सकिन्छ ।
टाइफाइडविरुद्धको भ्याक्सिन : टाइफाइड वा इन्टेरिक फिभर गर्मीयाममा एकदम धेरै संक्रमणको रूपमा रहेको छ । खासगरि दूषित खाना वा पानीका माध्यमबाट सर्ने यो रोग सालमोनेला टाइफि र पाराटाइफिले गराउँछ । यसका विरुद्ध खोपहरू सुईको माध्ययमद्धारा दिइने इन्एक्टिभेटेट भ्याक्सिन धेरै पूरानो हो भने भि आई पोली साकाराइड भ्याक्सिन पनि उपलब्ध छ । यी दुवै खोपहरू प्र्रत्येक २ देखि ३ वर्षमा लगाइ राख्नुपर्छ ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार १६:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...