Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

पुरुषोत्तम न्यौपानेले कोलोराडोमा सबैलाई नचाए(फोटोमा हेर्नुहोस्)

July 26, 2017

kolorado purushottam2

नातिबाबु भट्ट,कोलोराडो,अमेरीका । नेपाली लोक संगीतका चम्कीलातारा पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक सांझ कोलोराडोमा भब्यरुपमा सम्पन्न भयो । सनीबार कोलोराडो स्प्रिङमा र आईतबार वेष्ट मिनिस्टरमा सम्पन्न एकल सांगीतीक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत सयौ श्रोताहरुमाझ पस्किएर सबैलाई नचाएका हुन् ।

पुरुषोत्तम पाण्डेको आयोजनामा लिटिल ईन्डियामा र दिनेश भट्टराइको आयोजनामा याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उनले झिमझिम सितरा, ऐना हेरेर, सररर पानी घट्टमा, मत हिंडे पोखरा, मोहनी तिम्रा बोलीमा, जस्ता चर्चित लोक गीत, तिजका गीत र भजनहरु गाएर दर्शकहरुलाई तताएका थिए ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धीजिवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । तिजका गीत पुरुषहरुले पनि गाउन हुन्छ भनेर सुरुगरेका न्यौपानेको प्रस्तुती हेर्न ठुलो संख्यामा महिला दिदी बहिनीहरु साडी चोलो लगाएर उपस्थित भएका थिए । तिजको झल्को दिनेगरी दिदी बहिनीहरुले छम छम नाची रहदा आफुलाई नेपाली घर आगनमा भएको आभास हुन्थ्यो ।

नेपाली लोक संकृती कती सुन्दर र अविष्मरणीय छ, यो संसारको जुनसुकै कुनामा जस्तो सुकै अवस्थामा पनि भुन्न सक्दैनौ भन्ने प्रमाण यहा प्रष्ट देख्न सकिन्थ्यो ।

kolorado purushottam5 kolorado purushottam6] kolorado purushottam kolorado purushottam3 kolorado purushottam2 kolorado purushottam7 kolorado purushottam4

प्रकाशित मितिः २०७४ साउन ११

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु