Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, भाद्र ६ , २०७४  |  
Tuesday, August 22, 2017

संविधान संशोधनमा हिन्दी भाषा भ्रम र यथार्थ

प्रा.पुष्प कँडेल

January 3, 2017

prof puspa kadel hindi bhasha

वर्तमान सरकारले संविधान संशोधनको लागि संसदमा विधेयक प्रस्तुत गरेको छ, जुन विषयमा अहिले देशभर घनघोर बहस भइरहेको छ । सो विधेयकमा ४ वटा विषयहरु समेटिएका छन् जसमध्ये भाषा आयोगको सिफारिसअनुसारका भाषाहरुलाई संविधानको अनुसूचीमा राख्ने कुरा पनि छ । यी चारवटा विषयहरु मूलतः गत साल संविधान निर्माणको समयमा अस्वीकार गरिएका विषयहरु हुन् र मूलतः तराईका केही नेता र छिमेकी देशका चाहनाबमोजिमको स्वायत्त मधेश एक प्रदेशको डिजाइनभित्र सूक्ष्म व्यवस्थापन गरिएको विषय हो । चारवटा विषयहरुमध्ये भाषा आयोगको सिफारिसबमोजिमका भाषाहरुलाई संविधानको अनुसूचीमा राख्ने र त्यो संविधानको एउटा भाग रहने विषय षडयन्त्रपूर्ण छ जसले हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिने मनसाय बोकेको छ । नेपाल राष्ट्रको सिर्जना र नेपाली भाषाको आम ग्राह्यताप्रति इष्र्या राख्नेहरु र समग्र नेपाल राष्ट्रलाई कमजोर बनाउन चाहनेहरु हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा राख्नु पर्ने कुरा गरिरहेका छन् ।

सावधान हुनु पर्ने कुरा के छ भने संविधान सशोधनको सन्दर्भमा हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा सोझै घोषणा गर्ने हिम्मत नभएर यहाँ षडयन्त्रपूर्वक अगाडि बढाउने योजना देखिन्छ । षडयन्त्र के छ भने अहिले हिन्दीलाई सोझै राष्ट्रिय भाषा नभन्ने, बरु अहिले भाषा आयोगबाट आएको प्रतिवेदनलाई अनुसूचीमा राख्ने र त्यस प्रतिवेदनअनुसार अनिवार्यरुपमा गर्नुपर्ने भन्ने र भविष्यमा आप्mना लम्पसारवादी हनुमानहरुलाई भाषा आयोगमा राख्ने र प्रतिवेदन प्रायोजितरुपमा दिन लगाउने जसले हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा राख्ने सुझाव दिनेछ । अर्थात् जेजसरी भए पनि हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्ने स्थिति सिर्जना गर्ने ।

हिन्दी भाषालाई राष्ट्रिय भाषा मान्न हुने वा नहुने भन्ने सम्वन्धमा धेरैलाई भ्रम पनि छ । देशको समस्या सुल्झिन्छ भने हिन्दीलाई राष्ट्रिय भाषा मान्दा के पो फरक पर्छ र भन्नेहरु प्रसस्त छन् । उदाहरणको लागि कमरेड मोहनबिक्रम सिंहसमेतलाई लिन सकिन्छ । कमरेड मोहन बिक्रम सिंह अहिलेको नेपालको राजनीतिमा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेका व्यक्ति हुन् र यसको लागि निरन्तर संघर्ष गरिरहेका छन् । नेपालको राष्ट्रियतामा आइरहेको आँचउपर उनले निरन्तर खवरदारी गरिरहेका छन् । तर उनले समेत गहिरोसँग नबुझिकन नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिए हुन्छ भनेर सजिलै भनिदिएका छन् (नेपालको राष्ट्रियताः बिगत, वर्तमान र भविष्य) । उनीसमेत धेरैले हिन्दी भाषालाई कामकाजको भाषा किन बनाउन खोजिँदैछ भन्ने विषयलाई भने बुभ्mन सकेका छैनन् । ठूलो मामाको त भांग्राको धोती, कान्छामामाको कुन गति भने झैं वहाँको त यो हालत छ भने अरु सामान्य मानिसहरुको बुझाइको के हालत होला ? त्यसैले संविधान संसोधनबाट हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने (विधेयकमा प्रष्ट नभनिए पनि पेट बोली यही हो) विषय किन बनाउन लागेको हो र यो कसरी व्यवस्थापन गर्ने योजना छ भन्ने कुरा बुभ्mन आवश्यक छ ।

भाषा खास अर्थ र सूचना सम्प्रेषण गर्ने साधन हो । भाषा नै त्यस्तो माध्यम हो जसले मानिसलाई पशुबाट अलग गराउँछ र छुट्टै परिचय दिन्छ । भाषाका मूलतः पाँच किसिमका कामहरु हुन्छन् । पहिलो, वौद्धिक विकास । दोस्रो, भौतिक आवश्यकता पूरा गर्नको लागि अर्थात् बजारमा प्रयोगको लागि । तेस्रो, एकअर्कामा सम्वन्धको लागि अथवा सामुहिकताको लागि । चौथो, सँस्कृति जोगाउनको लागि । पाँचौं, राष्ट्रिय पहिचानको लागि अर्थात् राष्ट्रिय एकताका लागि । भाषा राष्ट्रिय पहिचानको महत्वपूर्ण साधन हो, यसले राष्ट्रिय एकता स्थापित गर्दछ र राष्ट्रलाई एकीकरण गर्दछ । अर्थात् राष्ट्रलाई जोड्नको लागि भाषा एउटा महत्वपूर्ण माध्यम हो । भाषाको एउटा मुख्य काम राष्ट्र निर्माण अर्थात् सँस्कृति, भोगल, जनसंख्या, मनोविज्ञान आदिसहितको एकतावद्ध समुदाय निर्माण हो ।

राष्ट्र निर्माण अर्थात् राष्ट्रिय पहिचान निर्माण भन्नाले राज्यलाई प्रयोग गरेर राष्ट्रिय पहिचानको निर्माण गर्ने हो । यसले स्थिर र योग्य देश निर्माणको लागि राष्ट्रलाई एक बनाउने उद्देश्य राखेको हुन्छ । यसले व्यवहार, मूल्यमान्यता, भाषा, सँस्थाहरु र पूर्वाधारहरुको निर्माणमार्फत् देशलाई भविष्यका समस्याहरुसँग जुध्नसक्ने बनाउँछ । यसभित्र राष्ट्रिय भाषा, राष्ट्रिय झण्डा, राष्ट्रिय गीत, राष्ट्रिय दिवस, राष्ट्रिय रंगशाला, राष्ट्रिय वायुसेवा, राष्ट्रिय सेना र प्रहरीहरु, राष्ट्रिय विभूतीहरु, राष्ट्रिय जनावर, राष्ट्रिय वनस्पतिहरु, राष्ट्रिय क्यालेण्डर, राष्ट्रिय समय, राष्ट्रिय सपना अदि निर्माणको माध्यमबाट देशलाई राष्ट्रिय पहिचान दिने काम पर्दछ । यसले विदेशीहरुको फुटाउ र शासन गर भन्ने नीतिलाई प्रतिरोध गर्न मद्दत पुर्याउँछ । राष्ट्रिय पहिचान निर्माणमा भाषाको सबैभन्दा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले राष्ट्रिय भाषाहरुलाई बलियो बनाउने काम राष्ट्र निर्माणकै एउटा काम हो ।

संसारमा विभिन्न देशहरुले आआप्mना भाषाहरुलाई प्रयोग गरेर मात्र राष्ट्रहरु निर्माण गरेका देखिन्छन् । सोह्रौैं, सत्रौं शताव्दीतिर राष्ट्रियताको विकासको क्रममा एउटा देशभित्र राष्ट्रिय भाषा निर्धारण र त्यस भाषामा समाचारपत्रहरुको छपाइले नागरिकहरुलाई निश्चित भूभागभित्र के भइरहेको छ भन्ने जानकारी लिनको लागि सहज बनायो भने यसले सचेत मानिसहरु विकास गर्न र नयाँ हिसाबले आपूm र आप्mनो समाजको बारेमा सोच्नसक्ने बनायो । विविध किसिमका अनुभवहरुलाई एकै ठाउँमा ल्याउनको लागि सहयोग गर्यो भने एकअर्कालाई बुभ्mनको लागि पनि सहज बनायो । पूँजिवाद र छपाइ प्रविधिको एकाकारले भाषिक विविधतालाई न्यूनीकरण गर्दै एकतावद्ध समुदाय निर्माण गर्न सहयोग गर्यो भने त्यसैले आधुनिक राष्ट्र निर्माणमा सहयोग गर्यो । भाषाले छपाई पूँजिवाद (संचारका साधनहरु) को प्रयोग गरेर आम जनताको बीचमा एकता ल्याउन र राष्ट्र निर्माणमा सहयोग गर्यो । छपाइ पूँजिवादको विकासले सबै खालका जनतामा साझा भाषाको आवश्यकता पर्यो जसले राष्ट्रराज्य निर्माणमा सहयोग गर्यो । जुन भाषा व्यवहारमा सजिलो छ विस्तारै त्यसैले आप्mनो ठाउँ बनाउँदै गयो र अरु भाषाहरु बिलाउँदै गए । आम साक्षरताको कारणले पनि यस्तो अवस्था आयो ।

राष्ट्र निर्माणमा भाषाले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणको लागि छिमेकी बंग्लादेश भारतको पश्चिम बंगालबाट धर्मको आधारमा छुट्टिएको छ भने पाकिस्तानबाट भाषाको आधारमा छुट्टिएको हो । भाषा आन्दोलनकै सन्दर्भमा त्यो देश बन्यो र उर्दु भाषालाई त्यसले राष्ट्रिय भाषाको रुपमा स्वीकार गरेन । फ्रान्स गणतन्त्र भएको अवस्थामा त्यहाँका १३ प्रतिशत मानिसहरुले मात्र फ्रेञ्च भाषा बोल्दथे । फ्रेञ्च भाषाको विकाससँगै त्यस देशको बलियो राष्ट्रियता विकास भएको हो । इटली एकीकरण भएको अवस्थामा ४ प्रतिशत मानिसले मात्र इटालियन भाषा बोल्दथे भनिन्छ । अहिले इटली पनि राष्ट्रराज्यको हिसाबले बलियो देश छ र इटालियन भाषाले त्यो काम गरेको छ । इन्डोनेसियालाई राष्ट्रको रुपमा विकास गर्नको लागि इन्डोनेसियन भाषालाई नै प्रयोग गरिएको थियो जसले सबै जातजातिलाई जोडेको थियो । इन्डोनेसिया स्वतन्त्र भएको अवस्थामा त्यहाँका ५ प्रतिशतले मात्र इन्डोनेसियन भाषा बोल्दथे । जुन बेला इन्डोनेसियामा मलायालाई राष्ट्रिय भाषा बनाइएको थियो त्यति बेला डच भाषा पनि धेरैले बोल्दथे तर त्यसलाई विदेशीको भाषा र त्यसले इन्डोनेसियाली स्वतन्त्रताको अनुभव दिँदैन भन्ने तर्कको आधारमा त्यहाँको स्थानीय भाषा मलायालाई राष्ट्रिय भाषा घोषणा गरियो । इन्डोनेसियन भाषालाई राष्ट्र भाषाको रुपमा विकास र समग्र इन्डोनेसियालाई जोड्ने आधारको रुपमा विकास गरिएको थियो । अर्को उदाहरणको लागि इजरायलीहरुले हिब्रु भाषालाई नै सुधार गरेर त्यसैलाई राष्ट्र भाषाको रुपमा प्रयोग गरे जुन सन् १९४८ देखि नै व्यवहारमा छ । चीनीयाँ भाषा संसारको सबैभन्दा बढीले मातृभाषाको रुपमा प्रयोग गर्ने भाषा हुन गएको यसैगरी हो । नेपालमा पनि राष्ट्र निर्माणको लागि कुनै एउटा भाषा चाहिन्छ जसको काम अहिले नेपाली भाषाले गरिरहेको छ ।

हाम्रो तराईमा केही नेताजीहरुले पार्टीहरुको मोर्चा बनाएका छन् । केही वुद्धिजीवीहरु पनि छन् । उनिहरुले सुरुमा एक मधेश एक प्रदेशको नारा लगाएका थिए र अहिले स्वायत्त मधेश दुई प्रदेश भन्दैछन् । मान् नमान् मै तेरा मेहमान् भनेजस्तै उनिहरु पूर्वमा झापादेखि पश्चिममा महाकालीसम्मको, सके एउटै नसके दुईवटा प्रदेश बनाउनु पर्छ र त्यहाँको मूल भाषाको रुपमा हिन्दी भाषा रहनुपर्छ भनिरहेका छन् । वर्तमान संविधान संशोधनको भाषासम्वन्धी विषय यसैसँग जोडिएको छ । उनीहरु, नेपाललाई दुई राष्ट्र भएको देशको रुपमा व्याख्या गर्छन् र पहाड एउटा राष्ट्र हो भने तराई अर्को राष्ट्र हो भनिरहेका छन् । खासगरी तराईका नेता महन्थ ठाकूरको भाषणमा यो कुरा धेरै सुन्न पाइन्छ । जसरी पनि नेपाललाई विभाजित गर्ने मनसायअन्तर्गत अन्यत्र कतै डिजाइन भएको विषय यहाँ पटकपटक दोहोरिएर आएको देखिन्छ । उनिहरुको मनसाय तराईमा नेपालीलाई विस्थापित गरी हिन्दी भाषालाई प्रयोग गरेर बेग्लै राष्ट्र निर्माणको लागि आधारभूमि तयार गर्नु र पहाडसँग यसलाई अलग गर्नु हो । राष्ट्र हुनको लागि आवश्यक भूगोल, जनसंख्या, अर्थतन्त्र, मनोविज्ञान र सँस्कृति जसको एउटा भाग भाषा पनि हुन्छ आवश्यक पर्दछ । हाम्रो तराई भौगोलिकरुपमा बिखण्डित, अर्थतन्त्रको हिसाबले पहाडसँग जोडिएको, मनोविज्ञानको हिसाबले पनि विभाजित भएको र भाषा पनि ठाउँठाउँमा फरकफरक भएकोले तराईलाई एउटै राष्ट्र बनाउनमा कठिन देखिएको छ र तराईमा बस्ने विभिन्न जातजातिका मानिसहरुलाई एउटै धागोमा उँध्न उनिहरुलाई समस्या भइरहेको छ जसले गर्दा उनिहरुको समग्र मधेश एक प्रदेश भन्ने नारा प्रभावी हुनसकिरहेको छैन । नवलपरासीका हृदयश त्रिपाठी, रुपन्देहीका सर्वेन्द्रनाथ शुक्ल र सर्लाहीका महन्थ ठाकुरहरुलाई झापादेखि महेन्द्रनगरसम्मको भूभाग र मानिसहरुलाई जोेड्नको लागि नेपाली बाहेकको (नेपाली किन चाहँदैनन् भने यसले समग्र नेपाललाई एउटै राष्ट्र बनाउँछ) अर्को कुनै भाषा चाहिन्छ । उनिहरु नेपाली भाषालाई किन प्रयोग गर्न चाहँदैनन् भने त्यसले नेपालमा एकल राष्ट्र निर्माणमा सहयोग गर्दछ । नेपाली भाषालाई काउन्टर दिनको लागि उनिहरुलाई हिन्दी भाषा चाहिन्छ जसले तराईमा बस्ने समग्र जनतालाई समेट्न सकोस् । उनिहरु हिन्दी भाषाको माध्यमबाट नेपालको समग्र तराईलाई एउटा राष्टको रुपमा विकसित गर्न चाहन्छन् । सम्पूर्ण नेपाली जनतालाई त्यसअनुसार नै दुई वा सोभन्दा बढी राष्ट्रियतामा विभाजन गर्न चाहन्छन् । हिन्दी भाषालाई राष्ट्र भाषाको रुपमा अगाडि सारिसकेपछि सोहीअनुसारको संचारका साधनहरुको विकास हुन्छ, जसले समग्र तराईलाई एउटै धागोमा उन्ने काम गर्दछ भन्ने उनिहरुलाई प्रष्ट थाहा छ ।

हिन्दी भाषा नेपालमा अत्यन्त थोरै मानिसहरुले मात्र मातृभाषाको रुपमा प्रयोग गर्ने भाषा हो । हिन्दी भाषा नेपालीहरुलाई जोड्नको लागि नभइ नहुने भाषा होइन । भारतमै पनि यो सर्वस्वीकार्य छैन । त्यहाँको राष्ट्रिय भाषाको रुपमा राखिए पनि दक्षिण भारतका वासिन्दाहरुले हिन्दीलाई प्रयोग गर्दैनन् बरु अंग्रेजी प्रयोग गर्दछन् । त्यसैले नेपालमा हिन्दी भाषालाई सरकारी भाषाको रुपमा मान्यता दिनु विदेशीलाई खुल्ला नागरिकता दिएजस्तै हो जसले नेपाललाई फिजीकरण गर्नको लागि सहयोग गर्दछ । यसले न रोजगारीको लागि न राष्ट्रिय एकतामा बाँधिनको लागि सहयोग गर्दछ । बरु केही व्यक्तिहरुको अलग राष्ट्र बनाउने चाहनामा सहयोग गर्दछ । मैथेली, भोजपुरी, अवधी, थारु आदि मातृभाषाहरु प्रचलनमा रहेको अवस्थामा हिन्दी भाषालाई थप्नु यी भाषा भाषीहरु आवश्यक छैन भन्नु हो । त्यसैले यदि नेपाललाई दुई राष्ट्रको मान्यता दिने हो भने हिन्दीलाई सरकारी मान्यताको भाषा दिनुपर्छ होइन भने भावुक मात्र भएर काम चल्दैन । स्मरण रहोस्, एकात्मक देशलाई वहुराष्ट्रियतामा लानु भनेको एक दिन राष्ट्रअनुसार देशलाई टुक्र्याउने नै हो । राष्ट्र स्वतन्त्र, सार्वभौम र एकत्वभित्र रहने भएकोले कुनै पनि देश जसले आपूmलाई लामोसमयसम्म संसारमा टिकाउँछु भन्छ त्यसले वहुराष्ट्रियतालाई मान्यता दिनु हुँदैन । वहुजाति, वहुभाषी देशमा सबैलाई एकै ठाउँमा जोड्नको लागि पनि एउटा भाषा चाहिन्छ जुन नेपाली भाषा हुनसक्तछ, हिन्दी होइन ।

अन्त्यमा के भन्न सकिन्छ भने नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा विकास गर्न किन आवश्यक छैन ।

यसका कारणहरुमा

१. राष्ट्रिय भाषाको काम नेपाली भाषाले र अन्तर्राष्टिय भाषाको काम अंग्रेजी भाषाले गर्दछ ।
२. यो छुट्टै राष्ट सिर्जना गर्ने उद्देष्यले तराईका फरकफरक भाषावालाहरुलाई जोड्ने र एक मधेश एक मधेशको नारालाई बलियो बनाउने उद्देष्यले ल्याइएको हो ।
३. यसले तराईका स्थानीय मातृभाषाहरुलाई समाप्त गर्दछ ।
४. यसले भारतीय सँस्थापनको नेपालमा प्रभूत्व छ भन्ने मनोवैज्ञानिक असर पार्दछ र नेपाललाई सार्वभौमरुपले अगाडि बढ्न दिँदैन ।
५. यसले भारतीय आप्रवासीको संख्या अझै बढाउँछ, नेपाललाई भारतको उपनिवेशको रुपमा स्थापित गर्दछ ।

पाकिस्तान, श्रीलंका, बंग्लादेश, भूटान सबै ठाउँमा हिन्दी चल्दछ तर ती कसैले हिन्दीलाई राष्ट्रिय भाषाको रुपमा मानेका छैनन् । माथि भनिए झैं भारतकै पनि उत्तरपूर्व र दक्षिणका राज्यहरुले हिन्दीलाई राष्ट्रिय भाषाको रुपमा स्वीकारी सकेका छैनन् भने अहिले हामीलाई त्यसमा जानु पर्ने कुनै आवश्यकता छैन । हामीसँग प्रसस्त भाषाहरु छन् । माथि उल्लिखित भाषाका ५ वटा कामहरुमध्ये नेपाली जनताको वौद्धिक विकासको लागि सहयोगी काम अंग्रेजी भाषाले गरेको छ र गर्नसक्छ । दोस्रो, नेपाली जनताका दैनिक भौतिक आवश्यकता पूरा गर्न अर्थात् बजारमा प्रयोगको लागि नेपाली भाषा छँदैछ । एकअर्कामा सम्वन्धको लागि अथवा सामुहिकताको लागि र सँस्कृति जोगाउनको लागि स्थानीय भाषाहरु नेपालमा ठाउँ र समुदायअनुसार छँदैछन् । भाषा आयोगको सिफारिसअनुसारको भाषालाई संविधानमा नराखि नहुने कारणचाहिँ भाषाको पाँचौं काम अर्थात् राष्ट्र निर्माणको लागि हो । हिन्दी भाषाले गर्ने राष्ट्र निर्माण नेपाली होइन, एक मधेश एक प्रदेशको हो ।

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु