back
NMB ad

काँग्रेस र भारतलाई माओवादी समाप्त हुने डर !

Kumari bank ad

एमालेको लोकप्रियता काँग्रेसलाई चिन्ता

सरकार परिवर्तनको विषय धेरै अनौठो विषय होईन । एमालेका एजेण्डा, प्रधानमन्त्री केपी ओलीका अडान, त्यो सन्दर्भमा राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरु एमाले विरुद्ध खनिन्छन् भन्ने पहिल्यै नै लागेको थियो । नेपाल भित्रकै मधेसी दलहरुको मागहरु जुन थियो, त्यो माग नेपालले पुरा गर्नै सक्दैन । एमालेले पुरा गर्न सक्ने भएन, एमाले अध्यक्षबाट पुरा हुन सक्ने नै भएन ।

उनीहरुको विषयलाई कुनै हिसाबले सम्बोधन गर्दा पनि प्रधानमन्त्रीलाई समस्या थियो । त्यसपछि एमाले जुन हिसाबले पपुलर हुँदै गयो, नेपाली कांग्रेसले एमालेलाई बेला बेला परिक्षण गर्ने गरेको छ । २०५१ सालमा पनि परक्षिण गरेको थियो, अहिले पनि त्यहि हो । सरकारमा जाँदा नेपाली काँग्रेस जहिल्यै अलोकप्रिय हुने गरेको छ, एमाले पनि त्यस्तै होस् भन्ने उसको चाहना थियो । एमाले भने झन् भन्दा झन् पपुलर बन्दै जाने स्थिति भइसकेपछि राख्न सक्ने स्थिति थिएन । त्यसमा सबैको सहमति भयो ।

एमालेको नेता बन्न चाहने प्रचण्ड सिद्धिने डरले भागे

माओवादीको कुरो गर्ने हो भने पहिला सुरुमा प्रचण्डले एमालेलाई जुन बेलामा बोके एउटा त उनीहरुले सत्ताको बिभिन्न पदहरु हत्याउने र सबैतिर क्याप्चर गर्ने मनसाय थियो । दोस्रो प्रचण्डलाई बाबुराम भट्टराई र बैद्य फुटेर गएको स्थितिमा पार्टी कमजोर भयो अब एमाले सँग मिलेपछि विस्तारै एमाले नेतृत्वसंग सहकार्य गर्दै एकतासम्म पुग्ने र एमालेकै नेता हुने चाहना पनि राखेको हुनसक्छ । तर पछिल्लो अबधिमा एमाओवादीका कार्यकर्ता पार्टी छोड्दै एमालेमा आउन थालेपछि अब एमालेसँग सहकार्य गरे हाम्रो पार्टी सिद्धिन्छ भन्ने निष्कर्ष निकालेर पार्टीलाई कायम राख्न पनि एमालेसँगको सहकार्य छोड्नुपर्छ भन्ने निर्णय गरेर बाहिरिए ।

एमालेको राष्ट्रवादी धार बलियो हुँदा भारतले पन्छाउँछ

भारतले त पहिलेदेखि नै एमालेलाई मन पराउँदैनथ्यो । जति एमालेको राष्ट्रबादी धार कमजोर हुन्छ, भारतले सुम्सुम्याउँछ, जतिबेला राष्ट्रवादी धार दह्रो हुन्छ उसको पन्छाउने नीति हुन्छ । अहिले पनि त्यहि भएको हो ।

मुख्य गरेर एमालेलाई कसरी सिध्याउन सकिन्छ भनेर नयाँ सरकार जान्छ । भारतीय डिजाईन पनि त्यहि अनुसार हुन्छ । यो सरकारको कहाँ कहाँ गल्ति छ भनेर खोज्न थाल्छन् । त्यसलाई बाहिर एक्स्पोज गराउने काम पनि हुनसक्छ । भएका÷नभएका गल्ती ल्याएर एमालेलाई बद्नाम गराउने काममा राष्ट्रियरुपमा स्थापित संचार माध्यमकै प्रयोग हुन पनि सक्छ । अहिले केहि पत्रिका हेर्दा त्यस्तै छनक देखिएको छ ।

यो सरकारले लिएको नीति अडान र यो भित्रको संयोजनलाई हेर्दा यो सरकार बहिर्गमनको विषयलाई अन्यथा नमान्दा हुन्छ । यसलाई प्रधानमन्त्रीले पटक पटक महसुस गर्नु भएको कुरा पनि हो । सरकार धेरै दिन नजान पनि सक्छ हामीले त्यहि अनुरुप योजना बनाउनु पर्छ । नीति तथा कार्यक्रम ल्याउन इच्छा राख्नु, बजेट ल्याउन इच्छा राख्नुको कारण पनि त्यहि हो । यो गिर्न सक्छ, तर आफ्नो कुरा त राख्नुपर्यो भनेर त्यसो गरिएको हो । त्यसैले केपी ओली र एमाले कार्यकर्ता विचलित हुनुपर्ने अवस्था छैन । प्रधानमन्त्रीले संसदमा दिएको जवाफ नै प्रष्ट छ ।

एमालेलाई फुटाउने खतरा !

नेपालमा जब–जब राष्ट्रिय पार्टीहरु एकबद्ध हुन्छन्, नेपालको राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता निर्णय गर्ने क्षमता सार्वभौमसत्ता बलियो हुँदै गएको देखिन्छ । त्यसपछि पार्टीहरु विभाजित गराउने गरि बिदेशीले खेल्न थालिहाल्छन् । तीनवटा मुख्य पार्टीहरुको एकताका कारण यहा संबिधान बन्यो । त्यसपछि बिदेशीहरुको यी तीन पार्टीलाई एक ठाउँमा नराख्ने खेल भइनै रह्यो । पहिले कांग्रेसलाई चुडायो, त्यसपछि माओवादीलाई चुँडायो ।

अब एमाले पपुलर नै रह्यो भने एमाले भित्र खेलेर एमालेलाई विभाजन ल्याउने खतरनाक खेल पनि आउन सक्छ । कतिपय एमालेका नेताहरुलाई लडाउने योजना बुनिन पनि सक्छ । नेताहरुलाई पदको लोभ देखाइदिएर षड्यन्त्र गर्न सक्छन् । नेता यस्तै बाहानामा झगडा गर्न तम्सिन सक्छन् ।

हामीले यो कुरा ०५१ सालको अनुभवबाट सिक्नुपर्छ । त्यतिबेला पनि दुई तिहाई बहुमत ल्याउने स्थितिको जुन पपुलर सरकार गिरिसकेपछि पार्टी विभाजन गराईयो । मुलतः पार्टी भित्रकै कुरा भए पनि बाहिरी भूमिका उत्तिकै महत्वपूर्ण छ । पार्टी विभाजनको दूर्भाग्य पूर्ण स्थितिले देशको कोर्स नै अन्यत्र मोडियो ।

कांग्रेस र भारतलाई माओवादी समाप्त हुने डर !

देशका लागि फेरी एउटा नयाँ चक्र सुरु भएको छ । त्यो चक्रले कहाँ लैजान्छ भन्ने थाहा छैन । र अर्काे पत्रपत्रिकामा आए अनुसार भारतले प्रचण्डलाई प्यादा बनाएर सरकार चलाउने योजना छ । एमाओवादी समाप्त होला भन्ने डर कांग्रेस र भारत दुवैलाई छ । एमाओवादी समाप्त भयो भने एमाले बलियो हुन्छ । ती एउटै भोट बैंक हुन् । त्यो भोट बैंक एउटैमा केन्द्रित हुँदा हामीलाई गाह्रो हुन्छ भन्ने कांग्रेस र भारतलाई लागेको छ ।

माओवादी बचाइराख्न भविष्यमा बाबुराम र प्रचण्डको बीचमा एकता हुने पनि सक्छ । जसरी बैद्यवालाको ठूलै कित्ता आएर एमाओवादीमा एकता भयो । त्यसैगरी बाबुराम माओवादी केन्द्रमा आउने वा सहकार्य, संयुक्त एकता यी कुनै एक हुनसक्छ । किनभने दुवै भारतको इशारामा चल्ने हो । हिजो विभाजन भएको पनि प्रचण्ड भारतको इशारामा नगएर बाबुराम विभाजन भएका हुन् । अहिले प्रचण्ड नै गईसकेपछि त एमालेसँग लड्न त बलियो पार्टी चाहिने हुँदा पनि एकता हुनसक्छ ।

आन्तरिक गोचक्कर बाट निस्कन सक्नु पर्छ

यो अबधिमा बाहिरी राष्ट्रिय नीति निर्माण सन्दर्भमा र सरकार संचालनको सन्दर्भमा जुन हिसाबले एमाले अगाडी बढ्न सक्यो, पार्टीको आन्तरिक व्यवस्थापनको सन्दर्भमा भने त्यो हिसाबले अगाडी बढ्न नसकेकै हो । पार्टीभित्रै कमजोरी भएका छन् । पार्टीभित्र पनि जुधाउने र बजाउने अनि स्पेस खाली भएको ठाउँमा आफुलाई जम्प गराउने भन्ने दाउमा निरन्तर केहि व्यक्तिहरु सक्रिय देखिन्छन् । पार्टी नेतृत्वको बीचमा एकता भयो भने आफ्नो स्पेस सानो हुन्छ भनेर नेतृत्वको बीचमा विवाद बनाई रहने, अनेक किसिमका कुरा लगाइराख्ने र आफ्नो स्पेस खाली राख्ने काम भएको छ । व्यवस्थापनमा कमजोर भएको जगजाहेरै छ । मुद्धाका आधारमा पार्टीलाई एक बनाएर लैजानु पर्ने खाँचो छ ।

एमाले अब एकताबद्ध र अर्काे निर्वाचनको तयारीका सन्दर्भमा सबैले आ–आफ्नो हठलाई त्याग्नुपर्छ । अब बिदेशीहरुको खेल्ने भूमि एमाले हुनेछ भन्ने कुरामा पनि सजग हुनु पर्छ । नेताले आफुलाई जोगाएर लैजान सकेनन् भने एमाले पार्टी र एमालेका नेता सबै सिद्धिन्छन् । भोली फिल्डमा कसले जित्छ, कसले हार्छ भन्ने होईन । पार्टीभित्रका मुद्धामा एकता भए पनि व्यक्तिगत इगोले आन्तरिक एकता कमजोर भएको छर्लङ्गै छ । यस्ता कुरामा सजग भएर संगठन परिचालनमा जोड दिनु पर्छ ।

निर्वाचन र विकासका निम्ति खबरदारी

नयाँ बन्ने सरकारले समयमा निर्वाचन गर्छ जस्तो लाग्दैन । निर्वाचन नगर्न, संबिधान कार्यान्वयन नगर्न र अरु धेरै राष्ट्रको स्वार्थ भन्दा आफ्नो र पार्टीगत स्वार्थका, बिदेशीका स्वार्थ पुरा गर्न यो डिजाइन भएको जस्तो देखिन्छ ।

पार्टीले निरन्तर आफुलाई गाउँमा लैजाने, जनताको बीचमा लैजाने, आफ्ना राम्रा नीति कार्यक्रमको प्रचारप्रसार गर्ने काम गर्नुपर्ने देखिन्छ । स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचन गर्न र गराउन आन्दोलनका रुपमा गाउँ गाउँसम्म पुग्ने, अरुले गरेका बदमासीलाई भण्डाफोर गर्ने काम गर्नुपर्छ । विपक्षमा बस्दा पनि देशको हितमा ल्याएका राम्रा नीति, कार्यक्रमलाई समर्थन गर्दै त्यसलाई कार्यान्वयन गराउन एमालेले भूमिका खेल्नु पर्छ । नयाँ सरकार एमालेले ल्याएका नीति, कार्यक्रमभन्दा बाहिर जान सक्ने स्थितिमा देखिन्न । ती एमालेले उठान गरेका विषयलाई समात्नुपर्छ । एमालेका एजेण्डालाई राष्ट्रहितका पक्षमा निरन्तर अगाडी बढाएर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने काम गर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट राजीनामा दिएको घोषणा गर्दै गर्दा नै विकासका बारे खबरदारी सुरु गरिसक्नु भएको छ । फास्ट ट्रयाक, हुलाकी राजमार्ग, रेलमार्ग, तराईमा चक्रपथ लगायत विविध विषयमा उहाँले ध्यानाकर्षण गराउनु भएको छ । जनताले पनि अब विकासका बारेमा आ–आफ्नो स्थानबाट खबरदारी अभियान सुरु गर्नुपर्छ । देशमा पार्टीभन्दा पनि विकास महत्वपूर्ण हो ।

एमाले भारत र चीनलाई समदूरीमा राख्नुपर्छ भन्ने मान्यता राख्दछ । भारतले सार्वभौम मुलुकलाई सोही हिसाबले चल्न नदिंदा नै त्यसलाई तोड्न चीन सँग व्यापार तथा पारवहन सम्झौता भएको हो । यो अरु केहि नभई दुई वटा देशलाई समदूरीमा राख्ने नेपालको चाहना हो । अहिलेको सम्झौता बाहेक यो सरकारले अरु केहि गर्न पाएन । त्यसलाई निरन्तर आवाज उठाईरहनु पर्छ । चीनसँग भएका दश बुँदे सम्झौताको कार्यान्वयन, विभिन्न नाकाहरु खोल्ने कुरा, रेलमार्ग, त्यसबाहेक चीनसँगको थुप्रै सम्झौता बारे निरन्तर सचेत गराउने काम गर्नुपर्छ । जुन नेपालको दिर्घकालिन राष्ट्रिय हितको पक्षमा छ । यसमा खबरदारी पनि गर्दै जानुपर्यो । यदि आवश्यकता पर्यो भने प्रतिपक्षको हिसाबले संसद, सडक, जनता जहाँ सुकै पनि जानुपर्ने हुनसक्छ । सकेसम्म संसदबाट नै सबै समस्याको हल खोज्नुपर्छ । त्यहाँ हल भएन भने एमाले जनतालाई लिएर सडकमा ओलर्नु नपरोस् भन्ने आजैदेखि खबरदारी गर्नुपर्छ ।

(नेकपा (एमाले) केन्द्रिय लेखा आयोगका अध्यक्ष कँडेलसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः १५ साउन २०७३

वि.सं.२०७३ साउन १५ शनिवार १८:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...