back
NMB ad

पर्यटन पत्रकार ‘पुष्प थपलिया बचाउ अभियान’ को थालनी

Kumari bank ad

काठमाडौं । करिब ३ दशक पर्यटन पत्रकारितामा क्रियाशील रहेका पर्यटन पत्रकार पुष्प थपलियालाई बचाउनको लागि गोरखा पर्यटन र पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले संयुक्त रुपमा ‘पुष्प थपलिया बचाउ अभियान’को सुरुवात गरेको छ ।

विगत नौ महिनादेखि अस्वस्थ रहँदै आएका गोरखा पर्यटनका संस्थापक अध्यक्ष, गोरखा समाजका पूर्व अध्यक्ष, नेपाल हाईलाइट तथा दिव्य ज्ञानका सम्पादक÷प्रकाशक समेत रहेका थपलिया हाल मुखको क्यान्सरका कारण शिक्षण अस्पतालको आईसीसीयू कक्षमा उपचाररत छन् । ‘क्यान्सरको उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो । केही कम भएपछि ५ महिना पछि नेपाल फर्काइयो ।’ उनकी श्रीमती गीता पन्त थपलिया भन्छिन् – ‘अहिले झनै रोगले च्यापेको छ । सुगरको समेत समस्या देखिएपछि हाल दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेको छ ।’ उपचारको क्रममा करीब ८५ लाख खर्च भइसकेको र अझै रकमको आवश्यकता भएको श्रीमती थपलियाको भनाइ छ ।

गोरखा पर्यटनको विशेष पहलमा हाल श्रीमती गीता पन्त थपलियाको नाममा सहयोगका लागि ग्लोबल आईएमई बैंकमा खाता समेत खोलिएको छ । गोरखा पर्यटनका द्वितीय उपाध्यक्ष गोपालबाबु श्रेष्ठले सहयोग गर्न चाहनु हुने सबैलाई थपलियाको नाममा रहेको खाता नंम्बर ३३–०७–०१–००३८४९४ मा रकम संकलन गरिदिनु हुन अनुरोध समेत गरेका छन् । उनले गोरखाको पर्यटन प्रबद्र्धनका साथै नगरकोट, लाकुरे भन्ज्याङ, रिभरसाइड, सनराइज बेलुन, हात्तिवनलगायतका क्षेत्रहरुको प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थपलियालाई बचाउने हामी सबैको दायित्व भएको भन्दै ‘पुष्प थपलिया बचाउ अभियान’को सुरुवात गरिएको बताए ।
यता, यस अघि पनि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले दिएको सहयोग रकमले उपचार खर्चमा केही सहजता भएको गोरखा पर्यटनका प्रथम उपाध्यक्ष हरि ढकालले बताए । उनले थपलियाको उपचारका लागि सहयोग गर्नु हामी सबैका दायित्व भएको भन्दै पर्यटन व्यवसायी, पर्यटन संघसंस्था र शुभचिन्तकहरुलाई सहयोगका लागि अपील गरेका छन् । शिक्षण अस्पतालमा थपलियालाई भेट गर्न पुगेका जाट नेपालका अध्यक्ष देवी पन्तले थपलियाले पर्यटन पत्रकारितामा गरेको योगदानको चर्चा गर्दै उनलाई बचाउनु हामी पत्रकारहरुको पनि दायित्व भएकोले सामुहिक अभियान चलाएको बताए ।

उपचाररत थपलियाको पुख्र्यौली घर जौवारी, ४ गोरखा हो भने हाल बुढानिलकण्ठ बस्दै आएका छन् । उनलाई नेपालमा पर्यटन पत्रकारिताको सुरुवातकर्ताको रुपमा समेत चिनिन्छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार २३:५० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...