back
NMB ad

प्यूठानका तीन उद्यमी सम्मानित

Kumari bank ad

केशर रोका /प्यूठान ।
जिल्लाका तीन जना यूवा उद्यमीहरु सम्मानित भएका छन् । यूवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने ‘यूवा प्रतिभा तथा यूवा उद्यमी प्रोत्साहन पुरस्कार’बाट यसवर्ष बांगेशाल–७ ददेरीकी विमा कुमारी कुमाल, बांगेमरोठ–२ सुमन्तेकाना प्यूठानका ज्ञान बहादुर जि.सी. र पदम बहादुर जि.सी.सम्मानित भएका हुन् ।
आईतवार राजधानीमा एक कार्यक्रमका विच उनीहरुलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको यूवा तथा खेलकुद मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी महेन्द्र प्रसाद पौड्यालले जानकारी दिए । ‘व्यवसायिक कृषि र उद्यमशिलताको क्षेत्रमा उत्प्रेरित गर्ने यूवाहरुलाई हरेकवर्ष सम्मान गर्दै आएका छौँ’,उनले भने,‘आर्थिक अभियान दैनिकमा प्रकाशित समाचारका आधारमा प्यूठानका तीन जना उद्यमीहरुलाई छनौट गरेका हौँ । विभिन्न संचार माध्यममा प्रकाशित÷प्रशारित समाचारलाई आधार मानेर पनि उद्यमीहरुलाई सम्मानितका लागि छनौट गर्दै आएको उनले बताए ।
अघिल्लो आर्थिक वर्षको भदौ १ गते बांगेमरोठका दुई यूवाहरुको ‘विदेशबाट फर्केर माहुरीघार संचालन’ शिर्षकमा र चालु आ.व.को जेठ १० गते ‘केरा बेचेर लाखाँै कमाउँदै दम्पत्ती’ शिर्षकको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित भएको थियो । विमाले जिल्लाकै धेरै क्षेत्रफल जग्गामा केराखेती गर्दै उदाहरणीय उद्यमी बनेकी छिन् ।
लामो समय वैदेशिक रोजगारपछि घर फर्केका बांगेमरोठका ज्ञान बहादुर र पदम बहादुर जि.सी.ले बांगरोठ–३ अगाँरामा उद्योग संचालन गरेका छन् । पुरस्कृत भएपछि खुसी व्यक्त गर्दै ज्ञान बहादुरले भने,‘उद्योगलाई थप विस्तारसँगै बाख्रापालन पनि गर्ने सोँच बनाएको छुँ ।’
केरा खेती गरेर लखपती बनेकी बांगेशालकी उद्यमी विमा कुमारी कुमालको समाचार तुलसीपुर अनलाईमा समेत प्रकाशित भएको छ ।
, २७ असार २०७३

वि.सं.२०७३ असार २७ सोमवार २१:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...