back
NMB ad

गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा थपियो चुनौती

Kumari bank ad

कतार एयरवेजले आफुलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ ।
लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा सहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समयमा गल्फमा देखा परिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन ।

गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई सेवाहरुले दोहालाई प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए ।

जस्तै दुबईको एमिरेट्स एयरलाइन्स् तथा इत्तेहादले पनि कतारलाई नै प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए । यसरी गल्फ र अरु पनि विश्वका कतिपय हवाई सेवाहरुले कतारलाई विश्वकै एक प्रमुख केन्द्रका रुपमा विकास गरेका थिए ।

यसरी विभिन्न हवाई सेवाहरुले कतारलाई प्रमुख ट्रान्जिट बनाएकोले गर्दा कतारको दोहा सहर एक व्यापारिक केन्द्रका रुपमा पनि बिगतका केही वर्षयतादेखि विकास हुदै आएको थियो ।

गत हप्तामात्र कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गल्फकै कतिपय देशले गरेका छन् । यसले कतारलाई विभिन्न क्षेत्रमा समस्या उत्पन्न त गरेकै छ । त्यो भन्दा पनि ठूलो समस्या उनीहरुले यात्रा अनुमति रद्ध गरेको कारणले कतारलाई थप समस्यामा पारेको बताइएको छ ।
अबदेखि कतारको आकासमा आफ्ना जहाजहरु उड्न नदिने र आफ्नो आकासमा पनि कतारको उड्डयन हुन नदिनेगरी गल्फ राष्ट्रले यस्तो प्रतिबन्ध लगाएका छन् ।

कतारसँग उसका छिमेकी देशहरु साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, इजिप्टलले सम्बन्ध अकस्मात विच्छेद गरेको जनाएका थिए । यससँगै ती देशहरुले कतारसँगको यात्रा अनुमतिमा पनि प्रतिबन्ध लगाएका छन् ।

यो सङ्कटपछि कतार एयरलाइन्सले दिनहुँ दर्जनौँको सङ्ख्यामा उडान रद्ध गर्नु परिरहेको छ । त्यस्तै दोहामा ट्रान्जिट भएर आउने कैयौं एयरलाइन्स पनि आउन सकिरहेका छैनन् ।

यो सङ्कटपछि इस्लामिक रिपब्लिक र इरानले भने आफ्ना आकासको हवाई सेवामा कतार एयरलाइन्सलाई बढी स्थान दिएका छन् । तर त्यो मात्रा बहराइनको भन्दा पनि कम छ । बहराइनले धेरै मात्रमा कतार एयरवेजलाई आफ्नो आकासमा उडान भर्न दिने गरेको थियो ।

यो अवस्था लामो समयसम्म रहने हो भने वास्तवमै कतारको अर्थतन्त्रमा नै ठूलो असर गर्नसक्ने विज्ञहरुको भनाई छ ।

प्रकाशित मितिः २०७४ जेठ २९

वि.सं.२०७४ जेठ २९ सोमवार १३:४५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...