back
NMB ad

धनकुटालाई राजधानी बनाउनुपर्ने माग सहित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा तालाबन्दी

Kumari bank ad

धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्न गएको टोलीबीच घम्साघम्सी भएको छ ।

बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो ।

प्रदेशसभाका सांसदद्वय नीरन राई र इन्द्रमणि पराजुलीको नेतृत्वमा प्रशासन तालाबन्दी गर्न गएको टोली झडप भएको थियो ।

क्षेत्रीय प्रशासन कार्यालयको मूलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालय परिसरमा पुगेपछि क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए । क्षेत्रीय प्रशासक उपस्थिति नभए पनि कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् । कोशी राजमार्गमा यातायात ठप्प छ । एक्कासि आन्दोलनकारीले आमहडताल घोषणा गरेपछि बिहान कोशी राजमार्ग हुँदै संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका जिल्लातर्फ हिँडेका सयौँ सवारी साधन भेडेटार, मूलघाट, हिले, संधुवालगायतका स्थानमा सवारी साधन रोकिएका कारण यात्रु अलपत्र परेका छन् ।

विगत एक महिनादेखि भएको राजधानी आन्दोलन अनिश्चितकालीन आमहडतालले कोशी पहाडको जनजीवन प्रभावित हुँदै गएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार बिहान मोटरसाइकल तोडफोड गरेका छन् ।

संखुवासभाको सभापोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको को २६ प ५६११ नंको पल्सर बाइक आन्दोलनकारीले कोशी राजमार्गको आत्माराको सडकखण्डमा तोडफोड गरेका हुन् । –रासस

२०७४ माघ ३ गते प्रकाशित

वि.सं.२०७४ माघ ३ बुधवार १३:२९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...